0 COMMENTS

काठमाडौं२७ चैत०७३/ सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने गृहकार्य अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । सातै प्रदेशका जनता स्थानीय तहको निर्वाचनका लागि तयार भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गराउन खोज्नुले गम्भीर षड्यन्त्रको आभाष पाइएको निष्कर्षसहित एमालेले आपत्ति जनाएको हो ।

आजको राजधानी दैनिकमा खबर छ– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश २ र प्रदेश ५ का तीन जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई प्रस्ताव गरेका छन् । दुवै दलले दुई चरणमा निर्वाच्न गराउने निष्कर्षसमेत सार्वजनिक गरिसकेका छन् ।

कांग्रेस र माओवादीले दुई चरणमा निर्वाचन गराउने बताएपछि एमालेले एकै चरणमा निर्वाचन सम्भव भएको भन्दै आपत्ति जनाएको हो । एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनुपर्ने प्रस्ट अडान राखे ।

शनिबार बैंकक प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीले सो अडान राखेका हुन् । ‘स्थानीय तहको निर्वाचन दुई चरणमा नभई एकै चरणमा हुनुपर्छ, जनता मतदानका लागि तयार भइसकेका छन्,’ ओलीले भने । प्रमुख सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने सहमति जनाए दुई गरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।