0 COMMENTS

तेह्रथुम२०चैत०७३/जंगलमा पाइने लोक्ता र अर्गेली बिरुवाको बोक्राबाट बनाइने नेपाली हाते कागजको माग बढेको छ ।सरकारी कामकाजमा पनि यसको प्रयोग हुन थालेपछि माग उच्च बढेको हो । संखुवासभा र तेह्रथुम जिल्लाको सीमा बजार टुटे देउरालीमा सञ्चालित तीनजुरे गैरकाष्ठ वन पैदावर तथा हाते कागज उद्योगले उत्पादन गर्दै आइरहेको नेपाली हाते कागजले बजार माग धान्न सकेको छैन ।

कागज सरकारी कामकाजमा बढी प्रयोग हुन थालेपछि यसको माग बढेको उद्योगका कर्मचारी तथा सेयर सदस्य लाक्पा शेर्पाले जानकारी दिए । सरकारी कार्यालय विशेषगरी दस्तावेज निर्माणका लागि नेपाली कागज प्रयोग गरिन्छ । उनका अनुसार पहिले नेपाली कागजमा हातले लेखेर दस्तावेज निर्माण गरिन्थ्यो तर अहिले कम्प्युटरमा समेत प्रिन्ट गर्न मिल्ने खालको उत्पादन हुन थालेपछि माग दोब्बर भएको छ ।

स्थानीय स्तरमा पाइने लोक्ता र अर्गेलीबाट उत्पादन हुने नेपाली कागज छाम्दा खस्रो हुन्छ । तर, कागज बलियो, लामो समयसम्म राख्न मिल्ने र कीराले नखाने भएकाले यसको प्रयोग बढी हुने थालेको उनको भनाइ छ । उनका अनुसार नेपाली कागज स्थानीय गाउँघरमा धुप बाट्नसमेत प्रयोग गरिन्छ । २०६३ सालमा स्थापना भएको यो उद्योगले महिनामा डेढदेखि दुई लाख रुपैयाँसम्मकने कागज बिक्री गर्दै आइरहेको छ । यहाँको कागज तेह्रथुम, संखुवासभा, धनकुटाको स्थानीय बजारसँगै पूर्वी बजार र काठमाडौंसम्म बिक्री हुन्छ ।

यस्तै जापानी मुद्रा ऐन बनाउन प्रयोग हुने अर्गेलीको प्रशोधित बोक्रा जापानसमेत निकासी हुने गरेको शेर्पाले बताए । संखुवासभा र तेह्रथुम जिल्लाका १४ वटा सामुदायिक वनसहित केही स्थानीय वासिन्दाको संयुक्त लगानी उद्योगमा छ । यस क्षेत्रमा कच्चा पदार्थ पर्याप्त पाइए पनि कामदार अभावले मागअनुसार उत्पादन गर्न नसकेको उनको भनाइ छ । सामुदायिक वनबाट लोक्ता र अर्गेलीको बोक्रा संकलन गर्ने र कागज उत्पादन गर्ने काममा प्रत्यक्ष चार जना र अप्रत्यक्ष दुई दर्जनभन्दा बढी परिवारले रोजगारी पाएका छन् ।

उद्योगले हाते कागजको उत्पादन बढाउन स्थानीय सामुदायिक बनमा लोक्ता र अर्गेलीखेती गर्न नर्सरी उत्पादन गर्दै आइरहेको उद्योगका सेयर सदस्य छिरिङ शेर्पाले बताए । उनका अनुसार चित्रे, वसन्तपुरको डाँडा, तीनजुरे, मुढेशनिश्चरे जाने सडकको किनारमा अर्गेली र लोक्ताखेती गरिएको छ । लोक्ता र अर्गेलीखेतीले स्थानीय किसानलाई आम्दानीसँगै भूक्षय र वातावरण संरक्षणमा समेत सहयोग पुगेको उनको भनाइ छ ।अन्नपूर्णपोष्ट बाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।