0 COMMENTS

ganesh-dai_X6WoBFp5sLकाठमाडौं ४  फागुन २०७३/ नेकपा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले पत्रकार महासंघको महाधिवेशनमा अवरोध पु्र्‍याउन खोज्ने प्रेस युनियन विरुद्ध शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ। एमाले क्षेत्र नम्बर तीनको प्रचार भेलामा बुधबार प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले महासंघको निर्वाचनमा हार्ने भयका कारण प्रेस युनियनले अवरोध पुर्याउने कोशिस गरेको भन्दै शसक्त प्रतिकार गर्ने चेतावनी दिएका हुन्। उनले युनियन श्रमजीवी पत्रकार विरुद्ध रहेको पनि आरोप लगाए।

विभिन्न पेशा व्यवसाय गरेर बसेकाहरुपनि महासंघको सदस्य बनेको भन्दै त्यस्ता सदस्यता छानविन गर्ने आफ्नो प्रस्तावलाई प्र्रेस युनियनले नमानेको पनि उनले दाबी छ। अध्यक्ष बस्नेतले महाधिवेशन वहिष्कार गरेर नभई आफ्ना एजेण्डा र मान्यता स्थापित गरेर अघि बढ्ने आग्रह गरेका थिए। नेपाल प्रेस युनियनले पत्रकार महासंघको नेतृत्वले नया सदस्य वितरण र नविकरणमा हुकुमी शैलीमा एकलौटी निर्णय गरेको भन्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। विवादका कारण केही जिल्ला शाखामा पनि तालाबन्दी भएको छ । यसैबीच मंगलबारबाट महासंघको जिल्ला अधिवेशन सुरु भएको छ। अहिले सम्म सात जिल्लाको अधिवेशन सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।