0 COMMENTS

काठमाडौं,४ फागुन, २०७३/ साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणकारुपमा रात्रिकालीन बससेवा सन्चालन गरेको छ ।

मंगलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल–पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज–गंगालाल अस्पताल–बाँसबारी न्यूरो अस्पताल पुगेर सोही मार्गबाट लगनखेल फर्कनेछ ।

दोस्रो रुट न्यूरोडस्थित नेपाल वायुसेवा निगमअघिबाट बानेश्वर–कोटेश्वरसम्म, तेस्रो रुट नेपाल वायुसेवा निगमबाटै कालीमाटी हुँदै कलंकी, चौथो रुट न्यूरोडबाट ठमेल–सोह्रखुुट्टे हुँदै नयाँबसपार्कसम्म र पाँचौं रुट न्यूरोड गेटबाटै नयाँबानेश्वर–एअरपोर्ट–गौशाला हुँदै चाबहिलसम्म सन्चालन सुरु भएको छ ।

रात्रिकालीन बससेवा सन्चालनका लागि जहाँबाट चढेर जहाँ झरे पनि रु २५ भाडा कायम गरिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।सेवा राति ८ः३० बजेदेखि ११ बजेसम्म सन्चालन हुनेछ । बसमा सीसीटीभी र टेलिभिजनको पनि व्यवस्था गरिएको साझा यातायातले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।