0 COMMENTS

khaptadibasnetकाठमाडौ८,माघ०७३ / कुल र वंश उत्थानका लागि संगठिन हुने क्रममा काठमाडौमा रहेका खप्तडी बस्नेतहरु पनि संगठित भएका छन् ।
संगठित हुने क्रममा खप्तडी बस्नेत एकीकृत समिति तथा कल्याणकारी कोष काठमाडौ जिल्ला शाखाको कार्यालय उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच काठमाडौको अनामनगरमा शाखा कार्यालय उद्घाटन गरिएको हो । अगुवाहरु चिनियाकाजी बस्नेत, भरत बस्नेत, विष्णु बस्नेत, श्याम बस्नेत, डीबी बस्नेत, कृष्णबहादुर बस्नेत, विन्देश्वरी बस्नेत, दिपा बस्नेतसहितका अगुवाहरुको उपस्थितिमा भएको भेलाले ध्रुव बस्नेतको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको हो ।
शाखाको उपाध्यक्षमा किशोर बस्नेत, सचिवमा पौरखमदन बस्नेत रहनु भएको छ। शाखाको सदस्यमा रमेश बस्नेत, कृष्णबहादुर बस्नेत, राजु बस्नेत, सम्राट बस्नेत रहुनु भएको छ। शाखाले काठमाडौमा रहेका सम्पूर्ण खप्तडी बस्नेतलाई समेट्दै कुल र वंश उत्थानमा लाग्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।