0 COMMENTS

जुम्ला, ७ माघ०७३/ नेकपा माओवादी केन्द्र ६ नम्बर प्रदेशका इन्चार्ज तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नतेले संविधान संशोधन नभए पनि चुनाव हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्र जुम्लाद्वारा आयोजित राजनीतिक वैचारिक प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री बस्नतेले चुनाव घोषणाको समय नजिकिँदै गएकाले जिल्लास्थित नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
मुलुकमा व्यवस्था बदलिए पनि मानव सोच र अवस्था सोचेअनुरुप नबद्लिएको भन्दै उनले माओवादी पार्टी युगको प्रमुख प्रतिनिधि बन्ने प्रयासका साथ अघि बढिरहेको बताए ।
कार्यक्रममा ६ नं प्रदेश कर्णालीका संयोजक मायाप्रसाद शर्माले मुलुकमा भौतिक विकासका साथै चेतनाको विकास अपरिहार्य रहेको औँल्याउँदै हरेक हार आफैंबाट जन्मने भन्दै जित पनि आफैंबाट सुनिश्चित हुनुपर्ने बताए ।
केन्द्रीय सदस्य नवराज न्यौपानेले जित सुनिश्चितताका लागि पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण हुन अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।