0 COMMENTS

नेपालगन्ज७, माघ २०७३/ घरायसी झगडाकाAnisha कारण बाँके नेपालगन्ज–१२ की सुनिता खटिकलाई श्रीमान् राजेन्द्र खटिकले आगो लगाइदिएका छन् ।

बिहीबार राती करिब ९ बजेतिर नेपालगन्ज–१२ बाके गाउ खड्गन पुरवामा आफ्नै श्रीमानले  श्रीमतिको आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन् । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज, प्रहरी निरीक्षक राजन गौतमका अनुसार, २५ बर्षिय राजेन्द्र खटिकले आफ्नी श्रीमतिलाई आगो लगाएर फरार भएका हुन् ।

‘खाना खाने क्रममा विवाद बढेपछि बलिरहेको टुकी खन्याएर श्रीमतीकाे आगो लगाएको देखिन्छ’ प्रहरी निरीक्षक गौतमले भने । उनका अनुसार, ८ः५५ बजे भएको घटना लगत्तै  चिच्याहट सुनेर छिमेकीहरु उद्दारका लागि पुगेका हुन् । ‘गाउलेहरुले आगो निभाउन नसकेपछि पुगेका एक प्रहरी हवल्दारले महिलामा लागेको आगो नियन्त्रणमा लीएकाहुन’, प्रहरी निरीक्षक गौतमले भने, ‘त्यतिञ्जेल म आफै पुगेर महिलालाई उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्याएको हु।

 अहीले प्रहरी फरार अभीयुक्त राजेन्द्र खटिककाे  खोजीमा सक्रिय रहेकाे छ । प्रहरी निरीक्षका अनुशार आगोले महिलाको टाउको, अनुहार, छाती , हात जलेको  स्थिती  चिन्ताजनक रहेकाे  जानकारी दिए । 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।