0 COMMENTS

348516388616काठमाडौ ,भदौ ३राजधानीको सामाखुसीमा प्रहरी र गुन्डा नाइके कुमार घैंटेबीच गोली हानाहान भएको छ। प्रहरी देख्नासाथ घैटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको छ।सामाखुसीको कपुरधारामा केहीबेर अघि अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरीको टोलीमाथि घैटेले आक्रमण गरेका थिए।

अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो। प्रहरीले खोजी गरिरहेको घैंटेलाई कपुरधारामा भेटेपछि प्रहरीलाई देख्नासाथ घैंटेलो गोली चलाएका थिए। लगत्तै प्रहरीले गोली प्रहार गर्दा उनीसहित तीन जना घाइते भएका थिए ।घाइते मध्य एकजनाको मृत्यु भैसकेको छ भने अन्य दुईजना घाइते छन्।यद्यपि मृत्यु कसको भएको भन्नेबारे आधिकारिक पुष्टि भएको छैन।घटनाबारे थप विवरण आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।