0 COMMENTS

priyankaकाठमाडौं१७ पुस /लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन् । पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको लागि अभिनेत्री चोपडाले सुरु गरेको स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन् ।

सन् २०१५ मा अभिनेत्री चोपडाले सार्क र क्षेत्रिय फिल्महरु निर्माण गर्न पर्पल पिबल प्रोडक्सनको स्थापना गरेकी हुन् । अभिनेत्री चोपडा र उनकी आमा मधु चोपडा फिल्मको कथावस्तु सुहाउँदा कलाकार र प्राविधिकको खोजी कार्य नेपाल र सिकिममा गर्दैछिन्।अभिनेत्री चोपडाकी आमा मधु चोपडाले पर्पल पिबल प्रोडक्सनले निर्माण गर्न लागेको सिकिमेली नेपाली फिल्म ‘पौवा’ को बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । जानकारीमा आए अनुसार फिल्म पाहुनामा आमा बुबाबाट छुटिएको बालबालिकाको कथामा आधारीत रहेको छ ।

‘पर्पल पिबल प्रोडक्सनको स्थापनादेखि प्रोडक्सनको काम सुरु गर्न चाहेपनि सार्क राष्ट्रभित्र देखिएको विवादले गर्दा केही ढिला भएको अभिनेत्री चोपडाकी आमा मधुले जानकारी गराईन् । निर्माण हुन लागेको सिक्कीमेली नोपली भाषाको फिल्ममा राम्रो कथालाई प्राथमिकतामा राखिएको पनि उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।