0 COMMENTS

काठमाडौं १९ असार २०७७ । साधना लघुवित्त वित्तीय संस्थाले असार २१ गते देखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

कुल कित्ताममध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म विक्रीमा रहनेछ । यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिनेछ ।

साधना लघुवित्तको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तलको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । पूर्ण प्रविधिमैत्री रहेको प्राथमिक बजारमा निष्कासन हुने शेयर खरिदका लागि मेरो शेयर मार्फत अनलाईन बाटै आवेदन दिन सकिनेछ ।

साथै , नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सकिनेछ । हाल १४ करोड ७७ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात यो पूँजी २१ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।