0 COMMENTS

काठमाडौं१९ असार २०७७ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मनसुन थप सक्रिय हुने जनाएको छ । मौसमविद्का अनुसार अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ । लगातार ठूलो पानी पर्ने सम्भावना भने छैन ।

मेघ गर्जन र चट्याङसहित एकछिन पानी पर्दै एकछिन रोकिने क्रम चल्ने मौसमविद्ले बताएका छन् । राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।