0 COMMENTS

काठमाडौँ १६ असार २०७७/ निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ ।तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।

यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।प्राप्त जानकारी अनुसार झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् ।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारेको एजेन्डा प्रवेश गराउदै यसमा प्रधानमन्त्रीको धारणा मागेका थिए ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा दुई दिन अगाडी नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले समेत नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।