0 COMMENTS

काठमाडौं१६असार०७७/ सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेको एक नेताले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘बुधबारको बैठकमै मैले तपाईँबाट सरकार र पार्टी सञ्चालन राम्रो नभएको बताएको हुँ,’ एक स्थायी कमिटी सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘अहिले फेरि पनि भन्छु राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न समेत गरेका थिए ।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम समेतले सरकारले काम गर्न नसकेको र त्यसले पार्टीलाई गम्भीर धक्का लागेको जनाएको उनले बताए ।

भारतीय राज्यसंयन्त्र वा दूतावासले सरकार ढाल्न खोज्यो भनेर बोल्नुकै कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए ।

शुक्रबार र शनिबार सीमा समस्यालगायतका विषयमा केन्द्रित भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दूतावासले बैठकहरु गरेको भन्ने अभिव्यक्ति दिएपछि सोही विषयतर्फ मोडिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।