0 COMMENTS

“राजनीति गर्न विदेशीसँग बिक्री भएर दलालको उपाधी लिएर बाच्नु भन्दा स्वाभिमानी, स्वदेशी ,स्वतन्त्र नेपाली भएर मर्नु बेस “नेता पाल्ने पैशाले सेना पालौं, सीमाको रक्षा गरौं
नेपाल आमाको छातीमा बैरीहरुले नंग्रा गाडेको अवस्था छ । दुई दशकदेखि सार्वभौम नेपाली भूमिमा वैरीहरुले किला गाडीरहँदा यो देशका शासक भनाउँदाहरु रमित भएर बसे । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र जनता मिलेर खुँडा, तरबारको भरमा आर्जको यो भूमिमा कथित नेता भनाउँदाहरुको नांगो नाच चलिरहँदा पछाडिबाट देशको सीमा वर सर्दै आएको छ ।

सीमाको अनुगमन गर्न लस्कर लागेर जाने, देशको सीमाभित्र विदेशीले परेड खेलेको टुलुटुले हेरेर फर्किने र वास्तविक तथ्य पनि जनतासमक्ष नराख्ने यी कुपात्रहरुको जन्मबाट नेपालआमा आज रोइरहेकी छन् । भौतिक रुपमा यी नालायकहरुलाई जसले जन्म दिए, ती माताले पनि आज आफूलाई धिक्कर्दै होलिन् । दोष ती आमाको होइन, विदेशीको जुठोपूरोमा रमाउने यो राष्ट्रका बोझहरुकै हो भन्ने कुरामा हामी दिग्भ्रमित हुन हुँदैन ।

हामी जनताको प्रतिनिधि भनेर सम्बोधन गर्छौं, दुःखका साथ भन्नुपर्छ, उनीहरु वैरीहरुका प्रतिनिधि रहेछन् । नेपालआमाको अस्मिता लुट्ने र नेपाली जनतालाई खुनको आँशु रुवाउने कुपात्रहरु रहेछन् । स्वार्थका लागि धर्म बेच्ने, संस्कृति, संस्कार, भाषा र भेष पनि बेच्नेहरुले आज सीमा बेचेका छन् । अब यी दलालहरुको हिसाब गर्ने बेला आएको छ । यो हिसाबकिताबमा शिव सेना नेपाल सदासर्वदा जनताको पषमा उभिन तयार छ ।

अब देश बेचुवाहरुको पक्षमा होइन, न्यायको पक्षमा, नेपाली जनता उभिनु पर्ने बेला भएको छ । नेपाली युवा अब विदेशीको सीमा रक्षाका लागि होइन, देशको रक्षाका लागि उभिनु पर्ने बेला भएको छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले गठन गरिबक्सेको शाही नेपाली सेनाले अब नेता फाल्ने, जनता पाल्ने र देश जोगाउने अभियानमा लाग्नुपर्छ । अब नेपाली सेनाको नेत्तृत्वमा यो देशका भाइरसहरुलाई विदा गर्ने बेला भएको छ ।

जनतालाई लक डाउनमा राखेर, घरघरभित्र थुनेर आफूगएर सीमा बेच्ने गिरोहहरुको पहिचान भइसकेको छ । यसकारण यी मुखुण्डोधारीहरुको मुखुण्डो अब उदांगो नपारी नेपाली जनतालाई सुख हुनेछैन ।

हिजो सम्पूर्ण समस्याको जड राजसंस्था भनेर जनतामा भ्रमको खेती गर्ने विदेशीका दलाल दल र तिनका नेताले आज जवाफ दिउन्, औपचारिक रुपमा नेपालमा राजसंस्था नहुँदा नेताहरुले के के गरे त ? नेपाली भूमि गुमाउने र नेपाली छोरीचेलीको अस्मिता लुटिरहँदा के हेरेर बसे ?
यी त नेता नभएर विदेशीका कठपुतली, उनीहरुले फालेको हड्डीमा जीवन गुजारा गर्ने परजीवीहरु रहेछन्, जो नेपाली जनताको खुन चुस्न आएका रहेछन् । जनताका यी जुकाहरुले अब बुझून्, राजा भनेका कसेका पेवा थिएनन् । कुनै जातजाति, भाषाभाषीका मात्रै थिएनन् । हिमाली, पहाडी, तराई वा कुनै वर्ग विशेषका मात्रै थिएनन् । राजा त नेपाल र नेपालीका थिए । जसको हर श्वासमा देशको स्वतन्त्रता, स्वाधीनता, समृद्धि र शान्ति निहित थियो । आफ्ना जनता मर्नुभन्दा सिंहासन छाडेर जनताको बीचमा बस्न आउने राजा के हुन् र राजसंस्था के थियो भन्ने अब जनताले पनि बुझिसकेका छन् ।
यो देश निर्माण राजाबाट भयो । यो देशलाई देश जस्तो बनाउने काम राजाबाट भयो । यो देशमा जनताको सुरक्षाका लागि राजाले नै सर्वस्व त्यागेर आफू ‘बुद्ध’ बने । आफ्नी पत्नी, छोरी, प्रेमिका, बुहारी, साला सालीलाई सरकारी पद बाँडेर सरकारी स्रोतमा ब्रम्हलुट गर्ने कार्य राजाबाट यो देशमा कदापी भएन । यो काम त तिनै परजीवीबाट भयो, जसले १० वर्ष ‘जनयुद्ध’ नामक विध्वंसबाट जनताको रगत चुस्यो, अहिले उनीहरुका सन्तान दरसन्तानले राज्यको ढुकुटी चुसिरहेका छन् । यी परजीवीबाट अब देशले स्वतन्त्रता चाहेको छ ।

अतः अब नेपाली सेनाले यो अभिभारा लिनु पर्छ । यो अन्तिम समयमा सेना सुतेर बस्न मिल्दैन । यसका लागि शिव सेना नेपाल जहिले पनि अग्रपंक्तिमा रहेर देशको सेवा अवस्य गर्नेछ । नेता पाल्ने पैशाले सेना पाल्नु पर्छ । सीमाको रक्षा गर्नुपर्छ ।
मुलुकभित्र उब्जाउ जमिन बाँझो राखेर, विषादी मिसिएको तरकारी आयात गरेर, कृषिप्रधान देशलाई कृषिमै मगन्ते बनाएर युवालाई खाडी र मलेसिया निर्माणका लागि पठाउने अरु कोही होइनन्, अहिलेका यिनै शासकवर्ग हुन् । यिनले आफ्नो स्वार्थ पूरा गर्न खोलानाला, नदी, जमिनमात्रै विदेशीलाई बुझाएनन्, युवा पनि विदेश निर्माणकालागि पठाए । यी अपराधीहरुको अपराधको घडा भरिसकेको छ । यसकारण अब यीनलाई सजाय दिने बेला पनि भएको छ । यो सम्भव तब मात्रै हुन्छ जब जनता–राजा–नेपाली सेना र देशभक्तको मिलन हुन्छ ।

फेरि पनि, देश, देशको सीमा, राष्ट्रको स्वाधीनताका पक्षमा बोल्दा आज देशभक्तहरु गिरफ्तार भइरहेका छन् । देश टुक्रा पार्नुपर्ने लिखितमा हस्ताक्षर गर्नेहरु संसदमा बसेर देशभक्तहरुको हुर्मत लिइरहेका छन् ।
अतः यो संगीन घडीमा देश जोगाउन सबै नेपाली जनता जागरुक हुन जरुरी छ ।
जय पसुपतिनाथ

अनिल बस्नेत ‘बाबा’
अध्यक्ष
शिव सेना नेपाल २०७७, वैशाख २८

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।