0 COMMENTS

काठमाण्डाै२०कार्तीक०७६/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभाममुख कृष्णबहादुर महराले आफूलाई ढाँटेको बताएका छन्।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि महराले गरेको दुर्व्यवहार आफूले सोध्दा महराले ढाँटेको प्रचण्डले बताए।

दाङको घोराहीमा बुधबार बिहान सञ्चारकर्मीसँगको भेटमा प्रचण्डले महराबाट आचरण र नैतिक रूपमा ठूलो गल्ती भएको बताए।यस प्रकरणमा अदालतले निष्पक्ष फैसला गर्ने विश्वास आफूलाई रहेको धारणा उनले राखे।

घटना बाहिरिएपछि नारायणकाजी श्रेष्ठ तथा टोपबहादुर रायमाझीलाई बुझ्न पठाउँदा पनि महराले सही कुरा नभनेको प्रचण्डले उल्लेख गरे।त्यसपछि स्वयं गएर बुझ्दा पनि महराले ढाँटेको उनले बताए।

‘म आफैं पनि त्यहाँ गएँ, त्यहाँ पनि साँचो कुरा बोल्नुभएन। उहाँले गल्ती गरेको पुष्टि भयो। इफ बट केही नभनी राजिनामा दिनुस् भने उहाँले तुरून्तै राजिनामा दिनुभयो’, दाहालले भने।त्यसैगरी उनले महरा प्रकरण व्यक्तिलाई मात्र नभई राष्ट्रका भिभिआइपीलाई सच्याउने खालको घटना भएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।