0 COMMENTS

वि.सं. २०७६ आषाढ २९ गते आइतबार तदनुसार ई. सं. २०१९ जुलाई १४ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : भानु जयन्ती, नेपाली भाषा एकीकरण दिवस, रविप्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) त्रयोदशी तिथि, मध्यरात्रीपछि ०१:१२ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, ज्येष्ठा नक्षत्र, साँझ ०६:४५ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, साँझ ०६:४५ बजेसम्म, त्यसपछि धनु राशिमा, शुक्ल योग, बिहान ०६:२१ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा कौलव करण दिउँसो ०१:२१ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०१:१२ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, नक्षत्रशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१८ बजे, सूर्यास्त : साँझ ०७:०० बजे, दिनमान : ३४ घडी १४ पला (१३ घण्टा ४२ मिनेट, रात्रीमान : २५ घडी ४६ पला (१० घण्टा १८ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बेलुका ०५:१७ देखि ०७:०० सम्म, यमघण्ट : दिउँसो १२:०९ देखि ०१:५२ सम्म, गुलिक काल : दिउँसो ०३:३५ देखि ०५:१७ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म, अमृत वारवेला : बिहान १०:२६ देखि १२:०९ सम्म, लाभ वारवेला : बिहान ०८:४४ देखि १०:२६ सम्म, आज पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज बेलुकी भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर दिनभरि अष्टम भावमा चन्द्रमा हुनेहुँदा परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ । साँझपखदेखि निराशाको अन्त्य हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन रोमान्टिक र भावुक बन्नेछ । रमझम र मनोरञ्जनमा आकर्षण बढ्रन सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । व्यवसायी र कर्मचारीका लागि आज कार्यक्षेत्र र व्यवसायको उचाइमा पुग्ने समय हो । तर दिन ढल्दै जाँदा पारिवारिक जिम्मेबारी बढ्दै जानेछ, अनि व्यवसायिक गतिविधि छाडी रामरमाइलोमा आकर्षण रहने देखिन्छ । सबैका लागि आम्दानीका दृष्टिले गज्जबको समय छ, धनसञ्चित हुनसक्दैन, भोगविलास र मनोरञ्जनका क्षेत्रमा खर्च बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर छैटौं भावको चन्द्रमाले स्वास्थ्यबाधा गराउन सक्छ, आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । गृहिणीहरूले बाझोजुझोबाट टाढा रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मबल बढ्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया/प्रेमको वातावरण बन्नेछ । पारिवारिक सहयोग बढ्ने छ । ठूलाबडाले सहयोग गर्नेछन् । खासगरी यस राशिका छात्रछात्राका लागि शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । गृहस्थीहरूले छोराछोरीका माध्यमबाट सन्तोष प्राप्त गर्नेछन् । जसले पनि परीक्षा, प्रतिस्पर्द्धा र प्रतियोगितामा सफल हुने दिन छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिनभरि चतुर्थ भावमा चन्द्रमा रहने भएकाले घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ, घरबाहिर हुनुहुन्छ भने नमज्जा लाग्नसक्छ वा मनले नमानेको क्रियाकलापमा सहभागी बन्नुपर्छ । दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । तर देशविदेशको यात्रामा रहेका र वैदेशिक प्रयोजनका काम गर्नेहरूले दौडधूप गर्नु परे पनि लाभ लिन सकिने समय छ । जुन काम गरे पनि आमा वा घरकी ज्येष्ठ महिलाको सल्लाहमा गर्नु मुनासिब हुनेछ । आज बेलुकादेखि दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । आज प्रतिस्पर्धा र प्रतियोगिता भिड्नेले अलि मिहिनेत गर्नुपर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पराक्रम र प्रसिद्धि बढाउने समय भएकाले आज कसैले पनि अल्छी र आलस्य मानेर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । धार्मिक, सामाजिक र परोपकारी काममा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । बन्दव्यापारमा सोचेको फाइदा हुने दिन छ । आम्दानीमा बढोत्तरी हुनेछ । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोलीवचनमा कडापन त्यागेको राम्रो हुन्छ । प्रायः सबैको पारिवारिक जीवन सन्तोषप्रद रहने छ । छात्रछात्राले प्रतियोगिता र प्रतिस्पर्द्धाका माध्यमबाट प्रतिष्ठा बढाउने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विद्यार्थीहरूका लागि पठन–पाठनमा प्रगति हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । सामाजिक कार्यकर्ता र राजनेताले समाजमा गएर आफ्ना कुरा राख्ने मौका पाउने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । छात्रछात्रा, परीक्षार्थी र प्रतियोगीले नयाँ ज्ञान पाउने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यात्राको योग छ । चन्द्रमा अनुकूल छैन, तर अन्य ग्रहको शुभ बल छ, यद्यपि यात्राका क्रममा होस राख्नु र खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । आज हरेक काममा अवरोध आउने समय हो, बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ तर बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ, घरखर्चमा बृद्धि हुनेछ । भरे साँझ तपाईंको राशिमा चन्द्रमा आइपुग्ने छ, त्यसपछि आशावादी बन्दा राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । विश्वासको वातावरण बन्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ, तर आन्तरिक मोजमज्जामा भुलिनाले विद्यार्थीहरू लक्ष्यप्रति भ्रमित हुने समय हो, सचेत हुनुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वादले काम गर्नसक्ने समय छ । विद्यार्थीले गुरुजनबाट र कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । आज ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने समय छ । गृहस्थीहरूले सन्तानपक्षबाट खुसी हुने वातावरण पाउने छन् । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । जसले जे गरे पनि आज आफ्नो क्षेत्रमा साख रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाग्य भावमा राशिस्वामीका साथमा चन्द्रमाको उपस्थिति छ, त्यसैले आज परोपकारी काममा खट्नु पर्ने दिन छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । तर्कवितर्क र प्रतिस्पर्धामा विजयी भइने छ । घरपरिवारमा सुमधुर वातावरण सिर्जना हुनेछ । साथीभाइले सकेको सहयोग गर्नेछन् । प्रेम र प्रणयप्रसङ्गका लागि पनि समय अनुकूल छ । सानो प्रयासले भाग्यबल बृद्धि गर्न सकिने दिन छ, त्यसैले लामो समयदेखि गर्न नभ्याएको कुनै काम छ भने त्यसतर्फ लागीपर्नु राम्रो हुन्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।