0 COMMENTS

वि.सं. २०७६ आषाढ ३० गते सोमबार तदनुसार ई. सं. २०१९ जुलाई १५ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) चतुर्दशी तिथि, मध्यरात्रीपछि ०१:२५ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, मूल नक्षत्र, साँझ ०७:३३ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), ऐन्द्र योग, मध्यरात्रीपछि ०४:३६ बजेसम्म, त्यसपछि वैधृति योग, सुरुमा गर करण दिउँसो ०१:१९ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०१:२५ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१९ बजे, सूर्यास्त : साँझ ०७:०० बजे, दिनमान : ३४ घडी १३ पला (१३ घण्टा ४१ मिनेट, रात्रीमान : २५ घडी ४७ पला (१० घण्टा १९ मिनेट)

आजका लागि अशुभ समय
राहु काल : बिहान ०७:०१ देखि ०८:४४ सम्म, यमघण्ट : बिहान १०:२७ देखि १२:०९ सम्म, गुलिक काल : दिउँसो ०१:५२ देखि ०३:३४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय
अमृत वारवेला : बिहान ०५:१९ देखि ०७:०१ सम्म र साँझ ०५:१७ देखि ०८:१७ सम्म, लाभ वारवेला : दिउँसो ०३:३४ देखि ०५:१७ सम्म, शुभ वारवेला : बिहान ०८:४४ देखि १०:२७ सम्म, आज पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसरले पछ्याउनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । छात्रछात्राले आज गरेको सानो मिहिनेतले भविष्यका लागि विशेष जग बसाउने मौका देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले बढी खर्च र यात्रा दुवै हुनसक्छ, तर आर्थिक रूपमा टेवा नै पुग्नेछ । स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईको काममा असर पुर्याउने छैन । गुप्त योजना कार्यान्वयन हुनसक्छन् । घरपरिवारमा सामान्य छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । खास गरी छात्रछात्राका लागि प्राज्ञिक र बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । परदेशको बसाइमा हुनुहुन्छ भने आकस्मिक लाभ पाउने सम्भावना पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज भावनाप्रधान दिन हो । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यावसायिक यात्राको सम्भावना पनि छ । आम्दानी प्रशस्तै बढ्नेछ । विद्यार्थीहरूका लागि आज नयाँ ज्ञान सिक्ने मौका छ । नयाँ साथीको राम्रो सहयोग जुट्नाले आज मन फुरुंग हुने दिन छ । गृहिणीहरूका लागि रमाइलो र रमझममा समय व्यतीत हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
तर्क, बहस र वादविवादमा संलग्न हुने समय चल्दैछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । आफन्त, मित्रवर्ग, सहयोगीहरू तपाईंको साथमा हुनेछन् । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुनेछन् । गृहिणीहरूले घरपरिवारको साथ सहयोग पाउनु हुने छ, विद्यार्थीले साथीभाइको मद्दत लिन सक्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विचारको कदर हुनेछ । ताकेका काम बन्नेछन् । सृजनात्मक सफलता मिल्नेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । खासगरी छात्रछात्रा र अध्येताहरूका लागि प्राज्ञिक, बौद्धिक र दार्शनिक गतिविधिमा सफलता प्राप्त हुने योग छ । गृहस्थीहरूलाई सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । प्रायः सबैले साथीभाइ र बन्धुबान्धवको सरसहयोग जुटाउने दिन हो । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । बन्दव्यापार र पेसागत जीवनमा समेत राम्रो छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । कल्पना, भावना र प्रेममय वातावरणको सिर्जना हुनेछ । पारिवारिक जीवनमा सुमधुरता प्राप्ति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन । धैर्यले काम लिने समय छ । घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले घरायसी कुरा सम्झेर दिन बिताउने छन् । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । बन्दव्यापार राम्रो छ, आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना देखिन्छ । नचिताएको साथी वा छिमेकीले अप्रत्यासित सहयोग गर्ने सङ्केत पनि छ । परिणाममुखी काममा लगानीको समय छ । पति/पत्नी र प्रेमी/प्रेमिकाका बीचमा निकटता बढ्ने छ । विद्यार्थीका लागि कुनै नसुल्झिएको विषयवस्तुमा घोत्लिंदा गाँठो फुक्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रतिस्पर्धामा सफल भइने छ, प्रतिस्पर्धी परास्त हुनेछन् । परिश्रम र पराक्रम गरेबमोजिम समाजमा सम्मान र साख बढाउन सकिने समय छ । प्रायः सबैका लागि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विद्यार्थीहरू दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनुपर्छ । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय दिनु पर्ने हुन्छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । आज छात्रछात्राले पढाइलेखाइमा समय दिन सक्दैनन्, बरु मौखिक अभिव्यक्तिका काम वा सिर्जनात्मक विषयमा आकर्षण बढ्ने समय छ । गृहिणीहरूको बाझोजुझोमा संलग्न हुने समय चल्दैछ, बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको सुझाव प्राप्त गर्नु बेस हो । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ तर पनि आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । गृहिणीहरूका लागि पारिवारिक सुख मिल्नुका साथै विद्यार्थीहरूले अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । व्यवसायीहरूको आर्थिक पक्ष सुदृढ बन्नेछ । कर्मचारीका लागि न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जिम्मेबारी वहन गर्नु पर्नेछ, आलस्य त्यागेर उत्साहपूर्वक काम गर्ने दिन हो, आज । खर्च बृद्धि हुने समय छ, तर समुचित स्थानमा धनव्यय हुनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन । शैक्षिक प्रक्रियाद्वारा विदेश जान चाहनेले प्रक्रिया थालनी गर्न राम्रो समय देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कर्मसिद्धिको समय आएको छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । छात्रछात्राहरू बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन्, नयाँ ज्ञान प्राप्त हुने योग छ । गृहिणीहरूलाई मान्यजनको आशीर्वाद मिल्ने समय हो भने कामदारले हाकिम वा ठूलाबडाको सहानुभूति प्राप्त गर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज दशम भावमा रहेको चन्द्रमा तपाईंका लागि अनुकूल देखिंदैन । आफ्नै राशिस्वामीमा रहेको बक्रताका कारण नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । बन्दव्यापारमा समय बढी समय दिनाले पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । गृहिणीहरूले मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना छ । शत्रुको चलखेल बढ्नसक्छ । आफूले सक्दो मिहिनेत गरे पनि त्यसको प्रतिफल र सम्मान अर्कैले भोग गर्ने सम्भावना छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।