0 COMMENTS

काठमाडौं ,असार ९।बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा उद्घोषण कलाको तालिम शुरु भएको छ । बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राइको प्रमुख आतिथ्यतामा भएको सो तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी ,वडा नं १ का सदस्य श्याम तामांग ,निर्माण व्यवसायी संघ बुढानिलकण्ठका अध्यक्ष धुर्व भट्टराई ,वडा नं १ का सचिव नबिन थापा लगायतको उपस्थिति रहेको थियो ।

बुढानिलकण्ठ नगरपालिका प्राविधिक शिक्षा ,सिप विकास तथा तालिम व्यवस्थापन समितिको आयोजनामा भएको सो तालिम १० दिन सम्म चल्नेछ ।बुढानिलकण्ठ नगरपालिका प्राविधिक शिक्षा ,सिप विकास तथा तालिम व्यवस्थापन समितिकि संयोजक सुमित्र त्रिपाठी पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका सदस्य प्रसान्त डंगोल ले स्वागत मन्तव्य राखेका थिए भने नबिन श्रेष्ठले संचालन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राइले स्थानीय स्तरमा सकृय रहेका ब्यक्तित्वहरुको नेतृत्व क्षमता तथा वाककलाको विकासका लागि तालिम महत्वपुर्ण रहेको धारणा ब्यक्त गरेकी थिइन ।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा संचालन हुने उक्त तालिम अहिले सम्म सम्म वडा १, ४,५,८,९,१०र ११ मा भएको र बाँकि वडामा पनि हुने तालिम समितिकि संयोजक सुमित्रा पान्डेले बताइन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।