0 COMMENTS

काठमाडौं ३०जेष्ठ/ सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको उनले बताए।

‘राति ९ बजेपछि बस सञ्चालन गर्न व्यवसायी सहमत छन्। अहिले केही कम्पनीसँग यो सहमति गरिएको हो। अन्य कम्पनीले पनि इच्छा देखाए राति बस सञ्चालन गर्न सक्छन्’, दाहालले भने, ‘तत्काल समेट्न नसकिएको व्यवसायी पनि यो व्यवस्थामा आउन पाउनेछन्।’

राति सार्वजनिक यातायातको सहज उपलब्धता छैन। यातायात सुविधा नभएकाले मानिसले रातिको समयमा गर्न सक्ने काम पनि दिनमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ। यसले दिउँसो यात्रुको चाप धेरै हुने गरेको छ। यो व्यवस्थाले यस्तो बाध्यकारी समस्या हटाउने विभागको अपेक्षा छ। यो व्यवस्थाले उपत्यकाको रात्रिकालीन जीवन चलायमान बनाउने उनी बताउँछन्।

यसअघि विभागले असार १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मालवाहक (ढुवानी) का गाडी उपत्यकामा चल्न नदिने निर्णय गरेको थियो। यी दुई व्यवस्थाले रात्रिकालीन जीवन चलायमान र ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नेछ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।