0 COMMENTS

जेठ ३०, धनुषा । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका कार्यालयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट भएको छ ।नगरपालिकको वडा नम्बर ३स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको नगरपालिकाको सभाहलको पर्खालमा बमले क्षति पुर्याएको छ । धनुषाधाम प्रहरीका अनुसार गए राति ९ः३० बजेको समयमा बिस्फोट भएको हुन सक्ने अनुमान लगाइएको छ ।

प्रहरी निरीक्षक हिरण यादवले भने, ‘हामी राति गस्तीमा भएको बेला विस्फोट वारे जानकारी पाए तर गएर हेर्दा रातिको समयमा केही बूझिएन आज विहान प्रहरी टोली जाँदा नगरपालिकको प्रयोग विहीन हलमा ह्वांग परेको र प्रेसर कुकरको बम विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाइएको छ ।’

बम कसले किन पडकायो त्यो यकिन हुन नसके पनि निरीक्षक यादवले भने, हाम्रो अनुमान विप्लवमाथि छ । विप्लव समूहले विस्फोट गराएको हुन सक्छ तर जिम्मा अहिलेसम्म कसैले न लिएको यादवले भने ।

बम विस्फोटमा कुनै किसिमको मानवीय क्षति नभएको र अवस्था समान्य रहेको प्रहरी निरिक्षक यादवले जानकारी दिएका छन । घटनास्थलमा अहिले थप अनुसन्धान कार्य अगाडि बढाएको यादवले सञ्चाकर्मीलाई जानकारी दिएका छन । बम विस्फोट भएको स्थान भन्दा झन्डै डेढ़ सय मीटर पर प्रहरी चौकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।