0 COMMENTS

काठमाडौं, २२ बैशाख । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले सरकारको नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपतिविद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु जायज भएको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफू विगत लामो समयदेखि राजनीतिक विश्लेषणको काममा पनि सक्रिय रहेको सुनाउँदै कँडेलले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय दुवै परिवेशमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रमको वाचनको क्रममा गरेको सम्बोधन सर्वथा उचित रहेकोले अनावश्यक विरोध र आपत्ति जनाउननहुने जिकिर गरे । उनले भने,‘नेपाल सरकारले प्रस्तुत गरेको यो आर्थिक वर्षको नीति तथा कार्यक्रम असफल भएको खण्डमा त्यो नीति तथा कार्यक्रमलाई प्रतिपक्षीले भोलि ओली सरकारले ल्याएको कार्यक्रम असफल भयो भन्दै हिँड्छ । त्यसैले सरकारले ल्याएको राम्रो तथा नराम्रो दुवै कुराको जस÷अपजस ओलीले लिने भएकोले यो नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्दा ओली सरकार भनेको भएपनि केही बिग्रिँदैन थियो ।’

राष्ट्रपति भण्डारीको सम्बोधनलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनावश्यक बखेडा झिकेको र असभ्य राजनीति गरेको पनि कँडेलको सनसनीपूर्ण आरोप छ । उनले भने,‘लामो समयदेखि संसदीय व्यवस्थाको अभ्यास गर्दै आएको कांग्रेसजस्तो दल र यसका अनुभवी नेताहरुले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचनको क्रममा मेरो सरकार भन्नुभयो भनेर नकारात्मक टिप्पणी गर्नु आफैंमा हाँस्यस्पद हो । कांग्रेसले विरोध गर्न पाउँछ, तर विरोधको नाममा विरोध गर्नु भएन् ।’

कँडेलले आफूले सरकारको राम्रा कामको जहिल्यैपनि समर्थन गर्ने विश्वास दिलाए । उनले भने,‘आज मैले नेकपाको सरकार छ भनेर सरकारको वचाउ अथवा समर्थन गरेको होईन । म त राम्रो कामको सधैं समर्थन छु । भोलिको दिनमा कांग्रेसको सरकार बनेपनि उसले गर्ने सबैखाले राम्रा कामको म समर्थन गर्छु । मैले कुन पार्टीको सरकार छ र कुन पार्टी प्रतिपक्षमा छ भनेर बोल्ने गरेको छैन् ।’ उनले नेपालमा पूराना दलको विकल्प नभएको भन्दै आफू धेरै अघिदेखि आवाज उठाउँदै आएको व्यक्ति भएकोले अझैपनि दलहरुले उन्नत लोकतान्त्रिक संस्कारलाई बढावा दिनुपर्ने सुझाए ।

एउटा दल सरकारमा हुँदै गर्दा सरकारमा नभएका दलहरुले विरोधको नाममा विरोध गर्न नहुने उनको तर्क छ । उनले भने,‘नेपालमा मैले एउटा पनि दल र तीनका नेताहरु यस्तो देखिँन्, जसले आफ्नो दल सरकारमा नहुँदापनि सरकारले गरेका राम्रा कामको बारेमा प्रशंसा गरेका होलान् । कसैले पनि गरेको छैन । अब नयाँ संस्कार बसालौं । हामी एक्काईसौं शताब्दीमा छौं । सभ्य र स–ुसंस्कृत राजनीतिक परिपाटी बसाल्नुपर्छ ।’ फरक प्रसँगमा उनले नागरिक उड्ययन क्षेत्रको विषयमा ओली सरकारले पछिल्लो १४ महिनामा गरेका कामहरु सराहनीय भएको पनि प्रतिक्रिया दिए ।

उनले भने,‘यो बीचमा ६२ वर्ष पूरानो धावनमार्ग बनेको छ । वाईडबडीको भ्रष्टाचारबारे पनि सरकारले छानबिन गरेको छ ।’ नेपाल सरकारको बहालवाला मन्त्री त्यो पनि सरकारको प्रवक्ता गोकुल बाँस्कोटालाई उडान समयमा नपुग्दा नपर्खिकन छोडेर बुद्ध एयर उडेको सुनाउँदै यो पनि उड्ययन क्षेत्रको सुधारको काम भएको उनको दाबी छ । यो बीचमा मुलुकमा नयाँ–नयाँ विमानस्थलहरु बन्न थाल्नु, त्रिभुवन विमानस्थलको स्तरोन्नती हुनु, नेपाल वायु सेवा निगमभित्र रहेका समस्याहरु सरकार आँफैले समाधान गर्न खोज्नु, क्याप्टेन विजय लामालाई प्रवक्तबाट हटाउनुलगायत राम्रो कामको थालनी भएको उनले जिकिर गरे ।

उनले भने,‘बहालवाला पर्यटनमन्त्रीको हेलिकप्टर दुर्घटनामा दुःखद् निधनपछि त्यो मन्त्रालय अहिले सम्मानीय प्रधानमन्त्रीज्यू आफैंले सञ्चालन गरिरहनुभएको छ । उहाँले सम्हालेपछि अहिले नागरिक उड्ययन तथा पर्यटन क्षेत्रमा उल्लेख्य सुधारका संकेतहरु देखिन थालिसकेका छन् ।’ कँडेलले प्रधानमन्त्री ओलीलाई ‘भीजनरी–लिडर’ को संज्ञा दिए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।