0 COMMENTS

वि.सं. २०७६ वैशाख ०८ गते आइतबार तदनुसार ई. सं. २०१९ अप्रिल २१ तारिख, वैशाख कृष्ण द्वितीया, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, सिद्धि योग, गर र वणिज करण, आजको चाडपर्व र उत्सव : छन्द दिवस, त्रिपुष्कर योग दिउँसो २ बजेर २९ मिनेटसम्म, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, भोलिको चाडपर्व र उत्सव : साँखु यात्रा (सकोयात), स्वामी शशिधरको जन्मजयन्ती, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दीक्षाग्रहण,

आजका लागि अशुभ समय :
राहु काल : साँझ ०४:५४ देखि ०६:३१ सम्म , यमघण्ट : दिउँसो १२:०४ देखि ०१:४० सम्म, गुलिक काल : दिउँसो ०३:१७ देखि ०४:५४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
शुभ वारवेला : दिउँसो ०१:४० देखि ०३:१७ सम्म, अमृत वारवेला : बिहान १०:२७ देखि १२:०४ सम्म, लाभ वारवेला : बिहान ०८:५० देखि १०:२७ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज दिनभरि सातौं घरमा चन्द्रमा रहने भएकाले सुरुमा केही सकारात्मकता देखिनसक्छ, रामरमाइलो गर्न मन हौसिने योग छ, पारिवारिक जीवन सामान्य ढंगले अघि बढ्ने छ । तर साँझमा चन्द्रमाले आयुक्षेत्रमा प्रवेश गर्ने भएकाले भरे साँझबाट केही दिनका लागि प्रत्येक काममा बाधाअडचन आउने समय सुरु हुनेछ । किचलो र विवाद हुने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : परिवारमा अधिकतम समय दिने, के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । सातौं भावमा चन्द्रमाको प्रवेश हुनाले बेलुकीपख मन रोमान्टिक बन्न सक्छ ।

शुभरङ्ग : हलुका सेतो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भगवान् शङ्कर, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने, के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । घरपरिवारबाट सहयोग मिल्नेछ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार÷व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

शुभरङ्ग : हलुका नीलो वा हरियो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने, के नगर्ने : बुद्धिको दुरुपयोग

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज अपराह्नपछि तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ, तर दिनको सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छिमेकीको व्यवहारले निराश तुल्याउने छ । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख पाँचौं चन्द्रमाको प्रभाव सुरु हुन्छ । त्यसपछि दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।

शुभरङ्ग : रातो वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : भगवती दुर्गा, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने, के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको पराक्रम र प्रसिद्धि कमाउने राम्रो दिन छ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

शुभरङ्ग : गाढा नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण, के नगर्ने : घमण्ड

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मिश्रित प्रभाव भएको दिन छ । वित्तीय पक्ष राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढने छ, आलोचकहरू बढ्ने सम्भावना छ त्यसैले सचेत रहनु होला । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।

शुभरङ्ग : घिउ रङ, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः , न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने, के नगर्ने : अनावश्यक खानपान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ ।

शुभरङ्ग : सिन्दूरे रातो, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने, के नगर्ने : हडबड र शीघ्रता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
उदयकालको चन्द्रमा बाह्रौं भावमा रहेकाले साँझसम्म विभिन्न समस्याले मन रुमल्लिनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । त्यसपछि शरीरमा उत्साह देखिन सक्छ । अपराह्नपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश भए पनि शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । बन्दव्यापारसमेत कमजोर नै रहने छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ।

शुभरङ्ग : सेतो वा बैैजनी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दान, धर्म, परोपकार, के नगर्ने : रिसराग, उद्वेग र क्रोध

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । शत्रुहरू पराजित हुनेछन् । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । साँझमा बाह्रौं चन्द्रमाले निराशा बढाउन सक्छ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुनसक्छ, सचेत रहनु होला । झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । चिन्तनमूलक काममा सफलता प्राप्त हुनेछ । प्रेम र प्रणयतर्फ सफल हुनुहुन्न । कडा मिहिनेत र परिश्रमपछि सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुनेछ । तर बोलीवचन र काम गर्ने गराउने प्रक्रियामा विनम्रता देखाउनु जरुरी छ । आफ्नै प्रतिज्ञा वा बाचा पूरा गर्न दौडधूप गर्नुपर्छ । जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । आज मान्यजनको चाहनालाई बेवास्ता गर्नुहुँदैन ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : महालक्ष्मी, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने, के नगर्ने : लोभ र मोह

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाग्यमा चन्द्रमा छ, पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्ने छ । कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । बेलुका कर्मक्षेत्रमा चन्द्रमाले प्रवेश गर्नेछ । गर्नै पर्ने काममा मिहिनेत गरिने छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा शुभफल देखिन्छ ।

शुभरङ्ग : सेतो वा पहेंलो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : कुलगुरु÷शिवजी, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग, के नगर्ने : आडम्बर र ढोंगीपन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दीर्घकालिक काम बेलुकीपख गर्नु शुभ हुन्छ किनकि आजबाट नकारात्मक समयको अन्त्य हुँदैछ । तर दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । त्यसैले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आज धार्मिक र सामाजिक क्षेत्रमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्, के नगर्ने : असुरक्षित यात्रा

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।