0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ०७,बैशाख/  बिश्व वातावरण सन्तुलन , एक ब्यक्ति बार्षिक न्युनतम एक बृक्षराेपण र जन्मदिनमा बृक्षराेपण अभियान अन्तरगत बेसीशहर नगरपालिका – ११ चितिका एक सामाजिक अभियान्ता अन्तर्राष्ट्रिय लायन्स क्लबका सदस्य चिन बहादुर थापाले अाफ्नाे जन्मदिनको अवसरमा बृक्षराेपण गर्नुभएको छ । अाफ्नाे ५४ अाैं शुभ जन्मदिनको अवसरमा चिति तिलाहारकाे सिद्देश्वाेर मन्दिर परिसरमा पवित्र बेलकाे वृक्षराेपण गर्दै चितिमा १ बर्षमा १ लाख बृक्षराेपण गर्ने र ५ बर्षमा सिङ्गै बेसीशहर ११ लाई हराभरा बनाउने अाफ्नाे याेजना रहेको त्यसलाई साथ दिन सबैसँग अपिल गर्नुभएको छ । जन्मदिनमा बृक्षराेपण अभियान अत्यन्तै उत्कृष्ट लागेकाले अाफुले बृक्षराेपण गरेको र सबैलाई याे महान अभियानमा साथ दिन अाग्रह गर्नुभयो ।

वातावरण असन्तुलनले मानव जीवनमा नकारात्मक प्रभाव पारेको भन्दै वातावरण सन्तुलनको लागि जन्मदिनमा बृक्षराेपण जायज रहेको उहाँको तर्क थियोे । बृक्षराेपण कार्यक्रममा उहाँका स- परिवार , चिति साहित्य समाजका अध्यक्ष स्थिर घिमिरे , चिति तिलाहार सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष साबित्रा रेग्मी , चितिका बुद्धिजीवी , राजकुमार बिष्ट , हरिनिधि तिवारी , जनकल्याण मा बि का प्र अ असाेक कुमार श्रेष्ठ , न्यु मेरिगाेल्ड ईङ्लिस बाेर्डिङ स्कुलका प्रिन्सिपल सृजन कुमार चाैधरि लगाएत स्थानीय हरुकाे उपस्थिति थियो । बृक्षराेपण गरिएको बिरुवाको संरक्षण सिद्देश्वाेर मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष यबं मन्दिर पुजारी किरण थापाले गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।