0 COMMENTS

काठमाण्डाै २पाैष०७५/ काठमाण्डाैकाे बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेकाे अबसमा तीन दिन सम्म भब्यताका साथ बिभीन्न कार्यक्रमहरूकाे आयोजना गरी  रजत जयन्ती  मनायाे । कार्यक्रम मंसिर २८ गते देखि पुष १ गते सम्पन्न भएकाे थीयाे भने कार्यक्रममा स्वदेश तथा बिदेश बाट बिभीन्न धार्मीक गुरू लगाय बिशीष्ट ब्यक्ती तथा सर्व साधरणहरकाे बाक्लाे उपस्थीती रहेकाे थीयाे ।

१९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ले  स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको गुम्बाको गौरवमय २५ वर्ष पार गरेको उपलक्ष्यमा मंसिर २८ गते देखि पुष १ गते सम्ममा चिदुक छोग तथा दिप प्रज्वलन, मंसिर २९ गते तारा पुजा, रिन्र्पोछेलाई मण्डल अर्पण तथा दिर्घायु प्रार्थना सहित कोन्छोग चिदुक छेवाङ र पुष १ धुप अर्पण सहित औपचारिक कार्यक्रमहरू  आयोजना गरेकाे थीयाे  ।

पुष १ गते सम्पन्न  औपचारिक कार्यक्रममा समाजकाे  बिभीन्न तह र तप्कामा रहेर समाजलाइ उत्कृष्ट याेगदा गरेबापत बिभीन्न ब्यती,संघ सस्थाहरूकाे उत्कृष्ट मुल्याङ्कन गर्दै कदर पत्र सहिकाे सम्मान गरीयकाे थीयाे ।कार्यक्रममा विभिन्न हिमाली समुदायको साँस्कृतिक प्रस्तुति सहित नेपालका उत्कृष्ट संगीतीक समुह तथा गायकहरूले अाफ्नाे प्रस्तुती दिएका थीए ।

 जोरपाटी स्थित गुम्बाको प्राङगणमा भएकाे उक्त कार्यक्रममा हिन्दु, बाैध्द लगाएतका धार्मीक ब्यक्तीत्वहरूकाे उपस्थीत रहेकाे उक्त कार्यक्रमकाे सभा अध्यक्षमा  रोयल सेतो गोन्पाका प्रमुख गुरु कर्मा तान्पेई ग्याल्छेन रिन्र्पोछे ले गरेका थीए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।