0 COMMENTS

ईटहरी । चर्चित युटयुबर सोनिका रोकाया यतिबेला बिदेशमा छिन । एक साताअघि उनी बिदेशिएकी हुन । एक युटयुब च्यानलमा युवा लक्षित कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी उनी नेपालमै यतिधेरै चर्चा हुँदाहुँदै किन बिदेशिईन । यो बिषयले यतिबेला चर्चा पाएको छ । शुक्रबार प्रकाशित एक साप्ताहिक पत्रिकाले उनी सँगको एक सनसनीपुर्ण कुराकानी सार्बजनिक गरेको छ ।

बाथरुम गफ स्तम्भमा म समलिंगी हुँ भन्ने शिर्षकको समाचारले नयाँ तरंग ल्याएको छ । उनले सो कुराकानीमा आफु समलिंगी भएको स्वीकार समेत गरेकी छिन । उनी एकाएक बिदेशिने निर्णय सार्बजनिक भएसँगै निराश भएका उनका शुभचिन्तकहरुलाई उनी किन बिदेश जाने निर्णयमा पुगिन भन्ने बास्तविक कुरा बाहिर नआईरहेको अबस्थामा यो कुराकानीले हंगामा मच्चाएको छ ।

उनी किन बिदेशिईन त ?
प्रायजसो आफनो कार्यक्रममा ननभेज कुराकानी प्रस्तुत गर्ने उनको चर्चा राम्रै थियो । उनी चर्चामा रहेकै बेला एकाएक बिदेशिने सोच बनाईन । उनी बिदेशिनुका खास कारण बल्ल सार्बजनिक भयो जब उनको बास्तविकता सार्बजनिक भयो । थुप्रै समलिंगीहरुले संघर्ष गरेर सफलता पाएका थुप्रै उदाहरण छन । यो अर्थमा उनी बिदेशिनु पर्ने अबस्था होईन । तर बेलाबखत अपाच्य झै लाग्ने सामाग्री प्रस्तुत गर्ने हर्कतले उनलाई समस्यामा पारेको बुझ्न गाहे छैन ।

केही म्युजिक भिडियो,केही सर्ट मुभिमा समेत काम गर्न भ्याएकी उनी एकाएक बिदेशिने निर्णयपछि एक किसिमको तरंग नै सिर्जना भएको छ । प्रकाशित अन्तरबार्ताले कतै उनी समलिंगी भएकै कारण समस्या भएर बिदेशिएकी त हैनन भन्ने आशंका समेत उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।