0 COMMENTS
याेग साधक प्रतिभा भट्टरार्इ

आरोग्य तथा स्वस्थ जीवन हरेक मानिसको मौलिक अधिकार हो। यही स्वस्थ जीवन पाउनका लागी अपनाइने विभिन्न माध्यम हरु मा याेग पनि एक हो र यही योग मा गरिने आसन ,प्राणायाम अनि व्यायाम हरुमा भस्त्रीका प्राणायाम पनि एक हो जून बिहानीको ब्रह्म मुहूर्त मा गर्नु अत्यन्त फाइदाजनक मानिए पनि आफ्नो अनुकुल समय र काम भएका बेलामा पनि यसलाई सजिलै अपनाउन सकिन्छ भने यो प्राणायाम को लागि कूनै सावधानी पनि अपनाउनु पर्दैन।

मानिसको शरीरमा लाग्ने विभिन्न रोगका कारक तत्व मानिने बाथ,कफ र पित्त लाई भस्म गर्नको लागी यो उत्तम उपाय पनि हो। हाम्रो फोक्सोमा सात करोड तीस लाख स्पञ्ज जस्तो कोष्ठक हुन्छन् जसमा साधारण वा हल्का श्वास लिनाले लगभग दुई करोड छिद्रमा मात्र श्वास पुग्ने गर्दछ र बाँकि पाँच करोड तीस लाख छिद्रमा प्राणवायु नपुग्नाले निष्क्रिय रहन्छन। फलस्वरुप यिनीहरूमा फोहोर जम्न सुरु हुन्छ र जस्ले गर्दा टी. वि. ,ब्रोनकाईटीस आदि रोगले सताउनुको साथै रगतको शुद्दिमा पनि प्रभाव पर्न गई हृदय कमजोर हुँदै जान्छ।

तसर्थ सकभर हर समय फोक्सो पुरै भरिने गरी लामो लामो स्वास लिने र सके सम्म लिएकाे भन्दा बढी समय फाल्ने गर्नाले, लिएको लामो स्वास सँगै प्राणवायु हरेक कोषहरूमा पुग्दछन भने फालिएको लामो स्वास सँगै शरीर भित्र जमेर बसेका विकार तत्व हरु बाहिर निस्कन्छन्। लामो स्वास लिंदा सम्पूर्ण रूपमा छाती फुलोस् र छोड्दा संकुचित होस्। तब हाम्रो फोक्सो का छिद्रहरु खुल्न थाल्दछन् र शरीरमा विद्यमान प्राण, अपान, समान, उदान, व्यान पश्चविद वायु परिपुस्ट हुन थाल्दछ न। याे तरिका लाई थकाइ लागेको बेलामा, असहज महसुस भएको बेलामा अनि असमयमा निन्द्राले सताउँदा प्रयोग गर्नाले तुरुन्तै फाइदा पुग्दछ भने यो प्राणायामको निरन्तर अभ्यासले सर्दी, रुघा खोकी, एलर्जी स्वास रोग पिनास आदि निदान गर्दछ भने फोक्सो लाई सबल बनाउनुको साथै मुटु तथा मष्तिष्क लाई पनि शुद्ध प्राण बायु को असरले आरोग्य लाभ हुन जान्छ। तर यो विधि अपनाउने समयमा वरिपरिको बायुको स्वच्छतालाइ भने ख्याल गरिएको हुनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।