0 COMMENTS

काठमाण्डाै २६कार्तीक०७५/बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै निर्मलाका बुवाआमाले आज पनि धर्ना जारी राखेका छन् । हत्या भएको एक सय दश दिन वित्तिसक्दा समेत हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनको आमाबुवा हिजोदेखि धर्नामा बसेका हुन् ।

हत्यारालाई पत्ता लगाई कारवाहीको माग गर्दै अधिकारकर्मीसहित उनका बुवाआमाले २४ घण्टे अनिश्चितकालीन धर्नामा बस्दै आएका छन् । निर्मलाको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सरकारले सेवाबाट बर्खास्त गरेको छ ।

तर, प्रमाण मेटाउनेहरु माथि विभागीय कारवाही मात्र पर्याप्त नहुने अधिकांशको गुनासो छ । गत साउन १० गते ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीया निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।