0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ २६कार्तीक०७५/राजनीतिक हिसाबले नेपाली काङ्ग्रेसमा रहेर सक्रिय राजनीतिमा संलग्न साथै सामाजिक सेवामा पनि उत्तिकै समय दिने चितिका हाेनाहार युवा नेपाली काङ्ग्रेस चितिका पुर्ब सभापति र हाल नेपाली काङ्ग्रेस लमजुङ कार्य समिति सदस्य प्रकाश बाबू तिवारीकाे हृदय घातका कारण कार्तिक २५ गते बिहान भएको दुखद निधनले सिङ्गै चितिकाे प्रकाश निभेकाे अनुभुति भएको छ । निष्ठाकाे राजनीतिमा बिश्वास गर्ने तिवारी पछिल्लो समय राजनीति समाजसेवा साथै ब्यावशाय पनि संचालन गर्नुभएको थियो ।

राजनीति लाई पेशा बनाएर सम्पत्ति कमाउन भन्दा पनि अाफ्नाे ब्यावशाय बाट जिबिकाेपार्जन गरि निस्वार्थ ढंगले सामाजिक सेवा र देशकाे सेवा गर्नकाे लागि राजनीति गर्नुपर्ने उदाहरण प्रस्तुत गर्नुभएको थियोे । पछिल्लो समय अाफु जन्मेको गाउँ ठाउँ छाडेर पलायन हुनेकाे संख्या अत्यधिक छ । गाउँ बाट शहर र शहर बाट बिदेश जानेहरु बढिरहेको अवस्थामा अाफ्नै गाउँमा बसेर समाजकाे सेवा गर्नुपर्छ भन्ने मान्यता पनि थियोे तिवारीकाे । नेपाली काङ्ग्रेस चितिकाे एउटा बलियो खम्बाकाे रुपमा हेरिन्थ्याे तिवारी लाई । तिवारीकाे निधनले चितिले एउटा निष्ठवान ब्यक्ति गुमाएको छ । नेपाली काङ्ग्रेस लमजुङले शाेक बक्तब्य जारि गरि तिवारीकाे निधनप्रति दुख ब्यक्त गरेको छ । समग्र चितिकाे बिकासमा उहाँको भुमिका उल्लेखनीय रहेको बताउछन् उहाँ लाई नजिक बाट चिन्नेहरु ।

हर कुनै पनि क्षेत्रमा मान्छे बाचुन्जेल खासै वास्ता नभए पनि निधन पनि भने उसकाे महत्त्व बढि हुने गर्दछ उसकाे अभाव खड्किने गर्दछ जे हाेस् राजनीतिक सिद्धान्तमा अडिग तिवारी चाकडी , अवसरबाद बाट टाडा रहनुभएकाे थियोे । श्रम बाट मात्रै सम्बृद्धि संभव भने नीति उहाँमा देखिन्थ्यो । उहाँले चितिकाे सामाजिक , राजनीति , अार्थिक क्षेत्रमा पुर्‍याउनु भएको याेगदानकाे सम्पूर्ण चिति बासिले सम्झिरहने छन् ।
” भाबपुर्ण श्रद्धाञ्जली चिति बासिकाे तर्फबाट “

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।