0 COMMENTS

 के हजुरलाई बिहान उठ्न धेरै गाह्रो र ढिला सम्म सुत्ने बानी छ भने होसियार हुनुहोस । यस्तो खालको बानीले स्वास्थ्य समस्या पैदा गर्न सक्छ । यदी तपाइँलाई विहान उठ्न कठिन हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ। अनुसन्धानकर्ताहरुको अध्ययनले यस्तो भन्छ :

१) यदि कुनै पनि मानिस विहान ढिला सम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्दछ । यस्ता खालका ब्यक्तिहरुमा आत्महत्याको भावना समेत बढी हुने गर्दछ।

२) जुन ब्यक्ति दिउसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन्।

३) ढिलो सम्म सुत्ने ब्यक्तिको पाँचन प्रणाली समेत विग्रिन सक्छ । पेट सम्बन्धि रोगले सताउन सक्छ।

४) यदि तपाइँ घुर्नु हुन्छ र स्वास रोकिएर रातमा पटक पटक ब्युझिँनु हुन्छ भने तपाइँलाई स्लीप एपनियाको शिकार हुनु भएको छ । यस्ता ब्यक्ति पनि विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगेका जस्ता देखिन्छन् ।

५) दिलो सम्म सुत्ने मानिसहरुमा अल्छीपन तथा जागर नलाग्ने समस्या पनि हुने गर्दछ । यस्ता मानिसहरुलाई रिस बढी उठ्ने पनि समस्या हुने गर्दछ ।

(नोट : कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।