0 COMMENTS

यौनशक्ति वर्धक भनेर मानिएका प्राकृतिक स्रोतबाट प्राप्त हुने खाद्य पदर्थहरुले तत्कालै यौन उत्तेजना बढाउने मात्र नभई दीर्घकालसम्म यौन आनन्दभोग र सन्तानप्राप्तिको क्षमतालाई नियमबद्ध रुपमा विकसित गरेर कायम राख्छन् ।

यस्ता खाद्य तत्वहरु जसले यौन उत्तेजना बढाउछ ।

लिचीः लिचीको भित्रपट्टि सेतो, कमलो मासुजस्तो भाग हुन्छ र त्यसभन्दा पनि भित्रपट्टि गाढा रङको गेडा हुन्छ । यसमा पुरुषत्व र प्रजननशक्ति बढाउने (शुक्रकीटको क्षमता बढाउने) तत्वहरु भएको मानिन्छ । यसका अतिरिक्त यसले कमजोरी घटाउने र स्फूर्ति बढाउने तथा पुरुष यौनाङ्गमा शिथिलता आउन नदिने विश्वास गरिन्छ ।

मकाः यो दक्षिण अमेरिकामा अवस्थित पेरु राज्यमा फैलिएको एन्डिज पर्वतमालामा पाइने एकथरी रुखको जरा हो । यसले यौनेच्छा बढाउने, लिङ्गको कडापन बढाउनाका साथै पुरुषको आनन्दलाई वृद्धि गर्ने विश्वास गरिन्छ ।

मुइरापुवामाः ये दक्षिणी अमेरिकाली महादेशमै अवस्थित अर्को राज्य ब्राजिलमा पाइने एक किसिमको घाँसको घारी हो । यसमा यौन संवेदनाका नसाहरुलाई उत्तेजित गरी शारीरिक र मानसिक यौन आनन्द बढाउने क्षमता भएको विश्वास गरिन्छ ।

अदुवाः पुरुषमा यौन शक्तिवद्र्धनका लागि अदुवाको प्रयोगलाई उपयोगी मानिएको छ । यसले पुरुषको लिङ्गलगायत सम्पूर्ण यौन क्षमताको विकास गर्ने विश्वास गरिन्छ ।

बेलको पातः बेल यस्तो रुख जसका पातलाई हिन्दु संस्कृतिमा शिवको पूजाआराधना गर्दा चढाउन आवश्यक मानिन्छ ।

यस कुराको साङ्ककतिक अर्थ पनि छ कारण बेलका पातको नियमित सेवन गर्नाले मानसिक शक्ति विकास हुने र एकाग्रता बढाएर त्यसका माध्यमबाट पुरुषमा लिङ्ग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ ।

महः महमा फ्रुक्टोज नाम गरेको कार्बोहाइड्रेट तत्व हुन्छ जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट प्राप्त हुन्छ । यसलाई नियमित रुपमा रातिको भोजनपछि सेवन गर्नाले शक्ति प्राप्त हुने र त्य शक्तिले खासगरी यौन उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ ।

रोडिओला रोजियाः यस नामको वनस्पतिले यौनक्षमता बढाई मानिसको यौनशक्ति वृद्धि गर्ने र खासगरी शीघ्रपतनको रोकथाममा यो उपयोगी हुने विश्वास गरिन्छ । साथसाथै यसले परिपक्व उमेरका पुरुषहरुलाई युवाजस्तो यौनजीवन बिताउन सहयोग गर्दछ भन्ने जनश्रुति छ ।

जिन सेङः जिन सेङ यस्तो खनिज पदार्थ हो जो चीन, कोरिया, संयुक्त राज्य अमेरिकालगायत विश्वका अन्य केही भागमा पनि पाइन्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाएर तथा मस्तिष्कमा डोयामिनको मात्रा र असरलाई चुस्तदुरुस्त राखेर नपुंसकता हटाउने तथा यौन उत्तेजना बढाउने काम गर्दछ भन्ने विश्वास गरिन्छ ।

हरनिगोटविडः यो पातैपात हुने एक प्रकारको वनस्पति हो जसले पुरुष यौनशक्तिवद्र्धकका रुपमा काम गर्ने विश्वास गरिन्छ ।

दामियनाः यो खसी बाख्राको आहारका रुपमा प्रयोग हुने जङ्गलामा पाइने एक किसिमको वनस्पति हो जसले बारम्बार यौनसम्पर्क राख्न इच्छा लाग्ने तथा चरम आनन्दको स्तर वृद्धि गरी पुरुष यौन कमजोरीलाई हटाउन मद्धत गर्दछ । साथै, यसले पाचनप्रणालीको भित्री झिल्लीलाई पनि स्वस्थ राख्तछ भन्ने विश्वास गरिन्छ । ल्याटिन अमेरिकाको जमाइका भन्ने टापुमा एउटा भनाइ पनि छ ‘बोकाले यो घाँस खाँदा नाटकीय तरिकाले उसको यौनशक्ति बढेको देखिन्छ ।’

एसप्यारागसः लिङ्गको आकारको यो सूक्ष्म वनस्पतिलाई प्रेमको आहार पनि भन्ने गरिन्छ । उसमा हुने पोटासियमले शरीरका दोषयुक्त पदार्थहरुलाई शरीरबाट फाली शरीरमा पानीको सन्तुलन मिलाएर अप्रत्यक्ष रुपम यौन क्षमतामा पनि वृद्धि गर्ने विश्वास गरिन्छ ।

आर्ज्नििनः प्रोटिनयुक्त खानाहरु, जस्तै गेडागुडी, अण्डा, नरिवलको दूध, चिज आदि खाद्य पदार्थहरुमा पाइने यो एक किसिमको एमिनो एसिड हो । यसले नाइट्रिक अक्साइड तयार गरेर यसका माध्यमबाट यौनाङ्गमा रगत प्रवाह बढाउँदछ । लिङ्गको कडापनका लागि नाइट्रिक अक्साइड प्राथमिक आवश्यकताको तत्व मनिन्छ ।

साथसाथै यसमा उमेरका परिवर्तनहरु कम गर्ने (एन्टी अक्सिडेन्ट) गुण पनि हुन्छ । उसका कारणले पुरुषत्व र यौवनलाई वृद्धावस्थाम पनि निरन्तरता दिन यसले मद्दत गर्दछ । त्यसका साथै शुक्रकीटको अग्रगति लिने क्षमतामा वृद्धि गरेर पुरुषका कारणबाट हुने बाँझोपन हटाउन यसले समत्वपूर्ण भूमिका खेल्न सक्तछ ।

अश्वगन्धाः झारका रुपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वे्दिक हिसाबले मस्तिष्कको तीक्ष्णता र यौनशक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ ।

पाँचऔंलेः नेपालका विभिन्न भागहरुमा पाइने यो वनस्पति आयुर्वेदमा शास्त्रीय हिसाबले पनि यौनक्षमता वृद्धिका लागि उपयोगी मानिन्छ ।

पुरुषकालागि स्त्रीका तर्फबाट सानो मात्र अग्रसरता, जस्तै चुम्बन वा स्पर्श पनि अनुकूल परिस्थितिका निम्ति पर्याप्त हुन सक्चछ, तर स्त्रीमा भावनात्मक लगाउविनाको त्यस्तो स्वचालित स्विच हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।