0 COMMENTS

एउटा स्वतन्त्र ,जिम्मेवार ,देशभक्त नागरिक लाई देशको अत्यन्तै मायाँ हुन्छ । मुलुकमा हुने हरेक गतिविधि लाई सूक्ष्म रुपमा अनुसन्धान गर्दै मुलुक र नागरिकको हित बिपरित हुने हरेक क्रियाकलापकाे बिरुद्ध अावाज उठाउछ । राष्ट्र राष्ट्रियता प्रति पुर्ण प्रतिबद्ध मुलुककाे भलाे मात्रै साेचेकाे हुन्छ । देशकाे सुरक्षा , उन्नति प्रगति,शान्ति सुसासनकाे पक्षमा निरन्तर अावाज उठाउनु उसको कर्तव्य पनि हाे।

यदि मुलुकमा राज्य संचालन गर्ने नेतृत्व तानाशाह ,निरंकुश ,अधिनायकवादी वा उसले अाफ्नाे स्वार्थको लागि देश र नागरिकको हित बिपरित काम गर्न थाल्यो भने त्यसलाई ठेगान लगाउने नागरिकहरुले हाे । जिम्मेवार नागरिकहरु भएको देशमा राज्य पनि जिम्मेवार बन्न बाध्य हुन्छ तर दुर्भाग्यपूर्ण कुरा नेपालमा नेपाली नागरिकहरु खाेज्नुपर्ने अवस्था छ ।

अाश्चर्य लाग्न सक्छ कि नेपाल मा रहेका ३ करोड नेपाली याे देशका नागरिक हाेईनन् र ? हाेईनन् नागरिक ती मात्रै हुन् जसकाे मुलुक प्रति कर्तव्यबोध छ । तपाईं याे देशमा नेता , कार्यकर्ता ,न्यायाधीश ,शिक्षक, प्रहरी, सेना , वकिल , मन्त्री, सांसद, उद्योगी व्यावशाहि सबै पाउनुहुन्छ तर एउटा जिम्मेवार नागरिक पाउन त्यति सहज छैन किनभने विभिन्न पेशा व्यावशायमा रहेर काम गरेका हुन् वा राजनीति गर्नेहरु हुन् सबैले देश र नागरिककाे हितमा काम गरेका छन् भन्न सकिन्न तर कतिपय ब्यक्तिहरुले भने अाफ्नाे पदिय जिम्मेवारी राम्रोसँग निभाएका पनि छन् ।

कुनै कर्मचारी हाेस् वा राजनीतिज्ञ देशकाे नागरिक बनेर अाफ्नाे पदकाे प्रयोग देश र नागरिकका हितमा मात्रै प्रयोग गरेका हुन्छन् । कुनैपनि देशको नागरिक किन नहाेस् उसले अाफ्नाे ब्यक्तिगत र पारिवारिक स्वार्थको साथै समाज र देशकाे स्वार्थमा पनि काम गर्नुपर्ने हुन्छ । मानवीय नाताले संसारका मानव एउटै र कुनै देशको नागरिकको हिसाबमा सबै नागरिक एउटै फेरि किन पार्टीकाे अाधारमा , जातीय अाधारमा , क्षेत्रकाे अाधारमा , बर्णको अाधारमा,लिङ्गकाे अाधारमा , भाषिक अाधारमा बिभाजन किन ? नागरिक हुन सबैभन्दा माथि उठ्नु पर्दछ । अाज मुलुक नागरिक बिहिन अवस्थामा देखिएको छ । सांघुराे घेरामा बिचार पनि सांघुराे हुन्छ त्यसैले हामीले साेच्ने बिचारकाे घेरा धेरै फराकिलो हुन अावस्यक छ । राजनीति गर्नेले ठुलो पदमा पुग्ने सम्पत्ति कमाउने र अाफ्नाे पहुँचमा भएको बेला अाफ्ना अासेपासेकाे समेत बिकास गर्ने कुरा साेच्दछ ।

डक्टर बिरामी धेरै भए अाम्दानि बढ्ने देख्दछ , वकिल झगडा धेरै भए हुन्थ्यो भन्ने साेच्दछ अा – अाफ्ना स्वार्थका कारण देशको स्वार्थ र समाजकाे स्वार्थमा ध्यान जादैन । नागरिक षाेषण गरेर अाफु धनी हुने  यस्तो संकुचित बिचार र घृणित साेचका कारण देशमा गरिब र धनिकाे खाडल निकै गहिरिएर गएको छ । अाफ्नाे निहित स्वार्थ पुर्तिकाे लागि नागरिक बिच बिभाजन ल्याउन सक्नु उनिहरुकाे खुबि हाे । एउटा राजनीतिक दलको कार्यकर्ता त्यै दलप्रति जिम्मेवार हुन्छ अाफ्नाे स्वार्थ पूरा गर्न गैरजिम्मेवार काम गर्न पनि सक्छ ।

अाफ्नाे पार्टीले गरेका हरेक नराम्रो कामहरुकाे बचाउ गर्ने र फरक बिचार राख्ने पार्टीले गरेको हरेक राम्रो कामकाे पनि बिराेध गर्ने संस्कारकाे बिकास भएको छ जसले राजनीतिक नेतृत्व लाई गलत काम गर्न प्राेत्साहित गर्दछ । राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्ने खुबि नभएका पार्टीका अन्धभक्त र झाेले कार्यकर्ता हरु भएको पार्टीमा न राम्रो नीति ल्याउन सक्छ न राम्रो नेतृत्व । ऐले नेपालमा जतिपनि राजनीतिक दलहरु छन् सबैकाे चरित्र उस्तै छ । टाठा बाठाहरुले दलको झन्डा बाेक्ने र दलिय संरक्षणमा अबैध काम गरेर सम्पत्ति कमाउने अनि बिचरा ईमानदार र बाैद्धिक कार्यकर्ता टुलुटुलु हेरि रहने ।

अाज मुलुकमा जुन समस्या देखिएको छ त्यसको जिम्मेवार असक्षम र अवसरबादि राजनीतिक नेतृत्व हाे । देशमा न राज्य चलाउने नीति छ न नेतृत्व । एउटा गरिब नागरिककाे चुल्हो बल्न सकेको छैन ,राम्रो अाेत लाग्ने घर छैन , शिक्षाकाे कुरै छाेडाैं उपचार नपाए अल्पकालमा मर्न र अात्महत्या गर्न सम्म बाध्य छन् नागरिक ,भुमिबिहिन बेरोजगार त्यत्तिकै तर तिनै नागरिकहरु बाट उठाएको करबाट संकलन गरिएको राज्यकोषकाे ढुकुटीमा भने ब्रम्हलुट छ । सरकारका बिशिस्ट पदाधिकारीकाे नाममा बिदेश भ्रमण ,बिदेशमा उपचार ,तलब भत्ता , अावस्यकता भन्दा बढि सेवा सुभिदा , यातायात खर्च , अावास खर्च अादिमा अरबाै रकम सकिन्छ । रकम अनुत्पादक छेत्रमा खर्च गरेर भाषण सम्बृद्दिका दिन्छन् अनि कार्यकर्ता तालि ठाेक्छन् ईनलाई बिबेकहिन नभनेर के भन्ने ? नागरिकको अबिभावककाे जिम्मेवारी निभाउनु राज्यको कर्तव्य हाे खाेई जिम्मेवारी ? पछिल्लो समय मुलुकमा झन् समस्या देखिएको छ बलात्कार र हत्या जस्ता जघन्य अपराधमा राज्यका जिम्मेवार पदमा रहेकाहरूकाे संकास्पद भुमिकाले झन् नागरिकमा त्रास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।