0 COMMENTS

काठमाडौं०८असाेज०७५/ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दृश्य/अदृश्य रूपमा ६ नेता वरिपरिका गुट सतहमा देखिएका छन्। त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन्।

प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो। तर पूर्वघटकभित्रैका पुराना गुटले एकतापछि समेत निरन्तरता पाइरहेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ। उनको गुटका नेताका अरुका तुलनामा एकढिक्का छन्।

महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्बाङ, शंकर पोखरेल, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू ओली ‘क्याम्प’का सारथि छन्।

सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ पदाधिकारीमध्ये ओली पक्षका १० नेताले जिम्मेवारी पाएका छन्। यस हिसाबले पनि ओली पार्टीमा हाबी छन्। ओलीपछि बलियो गुट छ, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को। तत्कालीन माओवादीका बहुमत नेताहरू उनीसँगै रहेकाे समाचार अन्नपूर्ण पाेस्टमा छ।

स्थायी समिति सदस्यहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, चक्रपाणि खनाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डेलगायत नेता दाहाल वरिपरि छन्। दाहालको गुटभित्र पनि वर्षमान र जर्नादनका उपगुट शक्तिशाली रहेकाे बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।