0 COMMENTS
 नेपाली ७ अनि अङ्ग्रेजी 6 उस्तै उस्तै देखिने भएकोले होला सायद कहिले काँही जानेबुझेका व्यक्ति हरु पनि झुक्किदा रहेछन्। त्यसैले याे 6 को अंक भएको नम्बरमा प्रायः रङ कल हरु आउँदा रहेछन्। आफ्नो मोबाइल नम्बरमा त झन् तीनवटा 6 का नम्बरहरू भएकाले हाेला भन्ने लाग्थ्यो यस्ता कलहरू बढी नै आउँथे तर कसैलाई कति आउँछन् भनेर सोधेको चाहिँ छैन।
 
कतिलाई नम्बर राम्रो हेर्नुहोस् न भनिदिन्थे, कतिका कल त्यसै काटिन्थे त कसैलाई भने गाली पनि गर्नु पर्दथ्यो। देवता अनुसार पूजा अनि मान्छे अनुसार कुरा भने झैँ उता बाट आउने बोली अनुसार काे व्यवहार गरिन्थ्यो।
 
यसै क्रममा एकदिनको कल भने खै किन बिर्सिएको रहेनछ, जून यसप्रकार थियाे।आफ्नै मान्छेकाे फोन आउने समय भएकोले मैले नम्बर नहेरि कनै फोन उठाएछु, उताकाे भनाइ थियो ,तिमी तारा होइनौ ? मैले भनें होइन होइन। उस्ले अलि ठूलो स्वरमा भन्यो, मलाई ताराले यहि नम्बर दिएकी थिइन्, बिहान मात्र मैले यही नम्बरमा कुरा गरेकाे, तारा नभए तपाइँ को हाे त ? मलाई पनि उस्को तारा तारा सुनेर दिक्क लागेछ क्यारे भनिदिएँ, म तपाईंकी तारा होइन अरु नै कसैकी जुन नै पाे हुँ त
           
उस्लाई के लाग्याे मलाइ थाहा भएन तर मजाले हाँस्यो र भन्यो, ए जून नै पो ? औंसीको कि पूर्णिमाको ? मैंले पनि थपिदिए, हुन त म पूर्णिमा कै जुन् हुन् चाहन्छु तर कहिले कहिले औंसीको हुनु पर्छ भने यदाकदा ग्रहण पनि लाग्ने गर्दछ। उसले अझै फोन राख्ने नाम नै लिए न र भन्यो त्याे सब गराउने चै काे हो त ? अनि मैले भनें समय  ,परिस्थितिै अनि आफ्नै बिग्रिएका ग्रहहरू सायद। ऊ पनि गफ जान्ने नै रहेछ फेरी भन्यो जून हुँ भन्नेले त चम्की रहन सकिन्न ? अब कुरा लामो नपारौं भन्ने लागेरै पनि फेरी जवाफ दिन मन् लागेछ र भनें सहनशीलता र सङ्घर्ष ले चाहियो भने सकिएला, उसको पालाे भनिदियो, सधैँ चम्की रहनुहोस् न म किरण नियाल्न आउँछु नी, अब भने मैले जवाफ दिन सकिन र हतार हतार भनिदिएँ, अनि तपाईंकी तारा उस्लाई कल गर्न ढिलो भएन ? ऊ किन कम हुन्थ्यो र भनिदियो चन्द्रमा कै सितलता पाइने भए मलाई पनि तारा के काम ? तब भनें मैले फोन काटी दिएँ र नम्बर डिलेट गरिदिएँ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।