0 COMMENTS

काठमाडौं०४, असोज ०७५/ सरकारले संविधान दिवसका अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, केक्युसियन कराँते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाजसेवा रत्न प्रदान गरिनेछ ।गत महिना इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपालका लागि एकमात्र रजतपदक विजेता पाराग्लाइडिङ टोलीलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्ने निर्णय गरेको छ ।

सो पदक पाउनेमा पाराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतसहित खेलाडीहरु विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् ।संविधान दिवसका दिन घोषणा गरिएको पदक आगामी गणतन्त्र दिवसमा प्रदान गरिनेछ ।संविधान दिवसका अवसरमा सरकारले वर्सेनि विभिन्न व्यक्तित्वलाई पदक प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।