0 COMMENTS

काठमाडौं३१साउन०७५ / प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लवसहित सो पार्टीका सात नेताविरुद्ध मुद्धा दायर गरेको हो । बुधबार जिल्ला अदालत कालिकोटमा विप्लवसहितका नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्धा दायर गरेको हो ।

आफ्ना नेता खड्गबहादुर विक प्रकाण्डलाई पक्राउ गरेको विरोधमा सो पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दका क्रममा कालिकोट सदरमुकामा मान्मा र कर्णाली राजमार्गको कालेखोला तथा मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० विनोद शर्माले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।