0 COMMENTS

मेडिकल शिक्षालाई पारदर्शी, मर्यादित, योग्यतापूर्ण र सर्वसुलभ बनाउने माग राख्दै डा. गोविन्द के.सी.ले विभिन्न चरणहरुमा आमरण अनसन वस्दै आउनु भएको थियो र हाल पनि वर्तमान सरकारले ल्याएको मेडिकल शिक्षा विधेयक फिर्ता गर्दै माथेमा आयोगको प्रतिवेदन अनुसारको शिक्षा विधेयक ल्याउनु पर्छ भन्दै जुम्ला गएर डा. के.सी. आमरण अनसन बस्नु भयो तर सरकारले उहाँको स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावलाई कम गरी उहाँको जीवन रक्षार्थ बाध्यात्मक अवस्थामा केही बल प्रयोग गरी काठमाडौं ल्याई उपचार गरिरहेको छ । डा.केसीले यो अनसनमा कांग्रेसका साथै केहि संदिग्द्ध मानव अधिकारवादीहरुले पनि एक्यवद्धता जनाई रहेकोछन् । यो ज्यादै रहस्यमयी र विदेशी ग्राण्ड डिजाइन अन्तर्गत भएको जस्तो देखिन्छ ।

डा.के.सी.को मेडिकल शिक्षा विधयेक फिर्ताको लागि भएको आमरण अनसन सरसर्ती हेर्दा राम्रो र हितकारी देखिन्छ तर भित्री रुपमा हे¥यो भने यो ज्यादै राष्ट्रघाती, नेपाली अर्थतन्त्रलाई सिध्याउने नेपाली तथा भारतीय मेडिकल माफियाले खेलाएको एक खेल हो भन्ने प्रमाणीत हुन्छ । नेपाली कांग्रेसको पालामा काठमाडौं यूनिर्भसिटी र त्रिभूवन यूनिर्भसिटीबाट सम्बन्धन दिइएको केहि मेडिकल कलेजहरुको स्वार्थ बचाउनको लागि नयाँ मेडिकल कलेज खुल्न नदिने षडयन्त्र नेपाली मेडिकल माफियाले खेलिरहेका छन् भने भारतीय मेडिकल माफिया आफ्नो करोडौं डलर बराबरको नेपाली विद्यार्थीबाट डलरमै प्राप्त हुने आम्दानी गुम्ला भनेर यो अनसनलाई ध्यूतेल गरी आगो चर्काई रहेका छन् ।

नेपालमा पर्याप्त मेडिकल खुले भारत लगायत विभिन्न मूलुकहरुमा मेडिकल शिक्षाको लागि जाने विद्यार्थीहरुको संख्यामा व्यापक कमि आई करोडौं डलर बचत भई राष्ट्रको सोधान्तर स्थीति ऋणात्मक हुनबाट केहि मात्रामा पनि जोगाउँदछ । पूर्ण डाक्टर बन्न र मेडिकल शिक्षाको गुणस्तर जाँच्न मेडिकल काउन्सिलको परिक्षा पास गर्नै पर्छ तर डा.के.सी. ले यो अनसनको रडाको झिकी देशको विदेशी मुद्रालाई अरुदेशको पोल्टामा हाल्न उद्धत देखिनु हुन्छ किन ? यो खेल नेपाली तथा भारत लगायत अन्य देशका मेडिकल माफियाको स्वार्थको लागि खोलिएको खेल हो । तसर्थ राष्ट्रवादी नेपालीहरु भावनामा वहेर यस अनसनलाई समर्थन गर्ने कार्य राष्ट्रियता र राष्ट्रहितको विपरित छ भन्ने कुरा बुझ्नै पर्दछ ।

भारत लगायत पश्चीमा मूलुकहरु संविधान कार्यान्वयन भई नेपालमा स्थीर दुई तिहाई बहुमतको सरकार आई नेपाल विकास र संमृद्धिको यात्रामा लम्केकोमा ज्यादै दुखित देखिएका छन् यो उनिहरुको पिडा र छटपटी नेपाललाई लगएको अमानविय र पाशविक नाकाबन्दी पुष्टि गर्दछ, संवैधानीक रुपमा यो सरकार हटाई नेपाली कांग्रेसको नेतृत्वमा आफ्ना दलालहरुको सरकार ल्याउने कार्य असंभव जस्तो देखिए पछि, डा. गोविन्द के.सी. लाई उक्साएर उहाँको जीवन नै समाप्तपारी नेपाली जनताको मानविय संवेदनशिल हृदयलाई भावनामा बहकाएर आन्दोलनको आगोद्वारा वर्तमान सरकारलाई हटाई नेपाललाई फेरी अस्थीर र अविकसित बनाई आफ्नो स्वार्थ सिद्धि गरि भारत लगायत अमेरिका सहित पश्चीमाी राष्ट्रहरु मित्र राष्ट्र चीन विरोधी क्रियाकलापलाई अघि बढाउन षड्यन्त्र गरि रहेका छन् । डा.के.सी. को उपचारमा बाधा पु¥याउने कार्य नेपाली कांग्रेस तथा कथित मानव अधिकारवादीहरुले विदेशीको इसारामा गरि रहेका छन् । कहिले डा.के.सी. को जीवन लिला समाप्त होला र आफ्नो दुनो सोझ्याउन पाइएला भनि यी सत्ता पिपासु नेपाली कांग्रेस, विदेशी इसारामा खोलिएको संभ्रान्तहरुको पार्टीहरु र उनका विदेशी मालिक मुख बाई प्रतिक्षारत छन् जस्तो एक न्यूज विकका फोटो पत्रकारले नाम र दामको लागि मानविय संवेदना विर्सिएर भोकमरीले इथोपियामा मर्न लागेका बालकलाई गिद्धले उसको मृत्युकुरे को फोटो फोटो खिच्ने अमानविय कार्य गरे ।

त्यस्तै काम यहाँ अनसनको नाममा भै रहेको छ । गिद्धका भूमिकामा नेपाली कांग्रेस देखिएको छ भने बालकको भूमिकामा डा. के.सी. देखिएका छन् । त्यस्तै फोटो पत्रकारको भूमिकामा आफ्नो स्वार्थ परिपूर्ति गर्न नेपाल तथा भारतका मेडिकल माफियाका साथै भारत लगायत पश्चीमा राष्ट्रहरु र यीनका स्वदेशी दलालहरु विभिन्न रुप र आवरणमा देखा परि रहेका छन् । यो राष्ट्रिय तथा अन्तराष्ट्रिय षडयन्त्रलाई नेपाली जनताले आफ्नो देशको राष्ट्रियता, विकास र मंमृद्धिका लागि बुझ्नै पर्ने हुन्छ । यो अनसन प्रकरणका डा. के.सी. त निमित्त नायकमात्र हुन नायक त नेपाली तथा भारतीय मेडिकल माफियाहरुका साथै भारत, अमेरिका सहित पश्चीमा राष्ट्रहरु हुन् ।याे लेख हामीले पुष्कर कुमार अधिकारी काे फेसबुक बाट साभार गरेका हाै 

लेखक
पुष्कर कुमार अधिकारी
(अर्थशास्त्री तथा राजनीतिक विश्लेषक)
तथा पूर्व विज्ञ सदस्यः स्थानीय निकाय वित्त आयोग (नेपाल सरकार)
फोन ः९८४४४७९७५४

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।