0 COMMENTS

तामाको विशेष महत्व छ हिन्दु संस्कारमा । पुजा पाठ देखि हरेक काममा तामाको भाँडाको प्रयोग गरिन्छ । तामालाई पवित्र धातु मानिन्छ । शास्त्रमा सुन, चाँदी र तामालाई पवित्र धातु भनिएको छ भने स्टील वा अल्युमिनियमका भाँडालाई अपवित्र भनिएको छ ।

तामालाई पानी राख्न र पानी पिउनका लागि तामाको भाँडो उत्कृष्ठ मानिन्छ । तामाको भाँडामा राखेको पानी पिउनु उत्कृष्ठ मानिएको छ । रातिमा तामाको भाँडोमा पानी राखेर विहान पिउँदा धेरै नै फाइदा हुने शास्त्रमा उल्लेख छ । तामामा किटाणु नाशक तत्व हुने हुँदा तामाको भाँडामा राखेको पानी सबै भन्दा स्वस्थ मानिन्छ । तामाको भाँडोमा राखेको पानीले शरीरमा रहेका विषाक्त तत्व पनि बाहिर निकाल्न मद्दत गर्छ ।

तामाको भाँडामा कम्तिमा ८ घण्टा राखेको पानी सबै भन्दा उत्कृष्ठ मानिन्छ । यो पानी स्वस्थ मात्र नभएर लाभदायक पनि हुन्छ । जसलाई चिसो लाग्ने समस्या हुन्छ त्यस्ता ब्यक्तिले तामाको भाँडोमा अलिकति तुलसीको पात राखेर राखेको पानी पिउँदा रोगबाट मुक्ति मिल्छ ।

थायरेक्सीन हार्माेन असन्तुलित भो भने थायराइडको रोग हुन सक्छ । थायराइडको प्रमुख लक्षण मानिस दुब्लाउँदै जाने हो । अत्याधिक थकान महसुस हुने पनि हुन्छ । तर यस्तो समस्या हुनेलाई तामाको भाँडामा राखेको पानी सेवन गर्दा निको हुने विज्ञहरु बताउँछन् । तामाको भाँडोमा राखेको पानीमा रोगसँग लड्ने क्षमता हुन्छ र यसले शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।