0 COMMENTS

तनहुँ०७असार०७५/ जिल्ला प्रशासन कार्यालय तनहुँले आबुखैरेनीमा रहेको मीना आयल स्टोर्समा सिलबन्दी गरेको छ । बुधबार अनुगमनको क्रममा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि प्रशासनले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । बुधबार प्रशासनले आबुखैरेनीदेखि दमौलीसम्मका सातवटा पेट्रोल पम्पमा अनुगमन गरेको छ ।

मीना आयल स्टोर्सले कम परिमाणमा पेट्रोल बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएकाले सिलबन्दी गरिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।