0 COMMENTS

काठमाडाै२६जेठ०७५/  नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँको बालेर विरोध प्रदर्शन गरेको छ ।नेविसंघले सरकारले निरन्तररुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज साँझ बागबजार, जमल र मैतीदेवीबाट राँको बालेर विरोध प्रदर्शन गरेको हो ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जानकारी दिए । “जबसम्म सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ”, उनले भने ।

आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा परेर टीका भण्डारी र सञ्जिव ढकाल घाइते भएका छन् । घाइते विद्यार्थीको केएमसी अस्पताल, बागबजारमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य रु ११५ र डिजेलको मूल्य रु ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।