0 COMMENTS

 जनकपुर, १७ जेठ०७५ / जनकपुरमा भईरहेकाे राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगितामा पुर्वाञ्चल ह्यान्डबल टिमले जनकपुर र कैलालीको टिमलाई हराउँदै फाईनल चरणमा प्रवेश गरेको छ ।जेठ १५ बाट संचालन प्रतियोगिताको दास्रो दिनमा पूर्वाञ्चलले आयोजक जनकपुरलाई १४ गाेल र पश्चिमाञ्चल कैलालीलाई २ गाेल गर्दै पुञ्वान्चलले जित दर्ता गरेको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, पूर्वाञ्चल ह्याण्डबल टिम, जनकपुर ह्याण्डबल टिम, धनगढी ह्याण्डबल टिम, नेपाली सेना, कास्की ह्याण्डबल टिम, काठमाडौं ह्याण्डबल टिम, दाङ ह्याण्डबल टिम गरी जम्मा ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिता १७ गतेसम्म चल्नेछ ।

नेपालमा ह्यान्डबल खेल कम खेलीने भएपनी उदयपुर जिल्लामा र अन्तर्राष्ट्रिय जगतमा भने यसको क्रेज उल्लेखनीय छ । खासगरी महिलाहरु यस खेलमा सक्रिय छन् ।

आज सम्पन्न खेलमा उत्कृष्ट खेलाडी पूर्वाञ्चलकी कप्तान रमिला बस्नेत बनिन् । उनलाई सार्वाधिक गाेलकर्ता समेत घाेसित गरीएको अायाेजकले जनाएको छ । कप्तान बस्नेतले जनकपुरलाई ६ गाेल गरेकि थिई १३ वर्षको कलिलै उमेरमा अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागीता जनाएर चर्चामा आएकी राष्ट्रिय ह्याण्डबल खेलाडी रमिलाले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गरेकी छन् । उनले हालसम्म पाकिस्तान, बंगादेश, भुटान, माल्दीब्स, भारत र दुवईलगायतका आधादर्जन बढी देशहरुमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई राष्ट्रलाई स्वर्ण पदक सम्म दिलाएकी हुन । बस्नेत अहिले पत्रकारिता तथा सामाजिक सेवामा समेत सक्रिय रहेकी छीन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।