0 COMMENTS

मिलन चाम्लिङ,धरान१६जेठ०७५/संघीय विद्यार्थी युनियनको ऐतिहासिक तेस्रो राष्ट्रिय महाधिवेसनबाट सेसेहाङ चोङबाङको नेतृत्वमा एक्काइस जनाको नयाँ केन्द्रिय कार्यसमिति चयन भएको छ ।

महाधिवेसनले अध्यक्ष सेसेहाङ चोङबाङ,उपाध्यक्ष शर्मिला फत्र राजेश इवाहाङ,रुपक खड्का महासचिव सुबास खुदाङ उपमहासचिव मोहन माबो,आसुतोस नारायण शाह,बिरेन्द्र रोक्काय र सदस्यहरुमा गुल्सन आङबुहाङ,बिनम बनेम,दिलकुमार नेम्वाङ,कबिन्द्र खाती,देवराज छवाल,हिमाल खाती,संग्राम जेठारा,रबिन्द्र खाती,राजेन्द्र श्रेष्ठ,युदाश लामा,संजय कुमार शाह विवेक सुनुवार,डिल्ली लुङ्फुङवा र नवल खड्का छन भने  पुर्बको नौ वटा जिल्लालाई समेटेर संघीय विद्यार्थी युनियन लिम्बुवान प्रान्तीय कार्यसमिति मोहन माबोको अध्यक्षतामा एक्काईस जनाको संघिय बिद्यार्थी युनियन लिम्बुवान प्रान्तीय कार्य समिति निर्वाचित भएको छ ।

जस्मा अध्यक्ष मोहन माबो,उपाध्यक्ष जीवन थुलुङ,उमा चोङबाङ,सन्देश योङबाङ सचिव शेरसिङ वजि सचिवालय सदस्य हेमराज लिम्बु ,मेरिना तबेबुङ,डम्बर इवाहङ,मनकुमार इधिङ्गो,र सदस्यहरुमा सन्तोषी लिङदेन,सुश्मा लिम्बू ताजमुल हुसेन,सबिना लिम्बू,जीवन लिम्बू भावना पालुंवा,मनिता कटुवाल मेलिना चोङबाङ,हुकुम सेर्मा नुमा तुम्सा, खगेन्द्र लिम्बू टंक थुलुङ रहेको छ।

सुनसरी जिल्ला पत्रकार महासंघको कार्यलयमा पत्रकार सम्मेलन गर्दै नयाँ कार्यसमितिले एक्काईस बुदे बिजयपुर घोषणा पत्र सार्बजनिक गर्दै शैक्षिक नीति नियमको लागि आवाज उठाउने विद्यार्थी संगठन रहेको बताएका छन।बिश्वबिद्धालय तथा क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको बहुमतिय आधारमा गरिने निर्वाचन प्रणालीलाई तत्काल खारेज गरि पुर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत स्ववियुको निर्वाचन गर्नु पर्ने नवनिर्वाचित अध्यक्ष सेसेहाङ चोङबाङले बताएका छन।बिजयपुर दरवार क्षेत्रमा बनाउन लागिएको पानी ट्याङ्की निर्माण कार्य सुरु गरेको खण्डमा कडा कदम चाल्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय उपाध्यक्ष बिष्णु चोङबाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।