0 COMMENTS

प्रकृतिले यस्ता फल वा खानेकुरा दिएको छ, जो मानिसका लागि हरेक हिसाबले उपयोगी हुन्छ । तरिका पुर्‍याएर खान जानियो भने त्यसले निकै फाइदा पुर्‍याउँछ । त्यस्तै एक खाद्यवस्तु हो- चुकन्दर । सामान्यतया चुकन्दरलाई सलादका रूपमा खाइन्छ गाढा रातो रंगको चुकन्दर अरू हिसाबले हेर्दा सलगमजस्तै हुन्छ तर फरक के भने यो रातो हुन्छ । यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ । यसमा आइरन पाइन्छ । आइरनका साथै यो भिटामिन सी को पनि राम्रो स्रोत हो । यसको नियमित सेवनबाट शरीरलाई भिटामिन ए, बी, बी१, बी२, बी६ र भिटामिन सी प्राप्त हुन्छ ।

चुकन्दरमा आइरन तत्व धेरै त हुँदैन तर यसबाट प्राप्त हुने आइरन उच्च गुणस्तको हुन्छ । जसले रक्त निर्माण्मा विशेष महत्वपूर्ण भूमिका खेल्छ । यसका साथै चुकन्दरको सेवनले शरीरका अनेकौं हानिकारक पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।

चुकन्दरको पात पनि निकै फाइदाजनक मानिन्छ । चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्व पाइन्छ । पातमा भिटामिन ए पनि प्रशस्त पाइन्छ । पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसले प्राकृतिक क्लिन्जरको रूपमा काम गर्छ । चुकन्दरमा पोटासियम, सोडियम, क्याल्सियम, म्यानिज, फाइबर आदि तत्व पनि पर्याप्त हुन्छ । सुपाच्य खाद्य पदार्थ भएकाले चुकन्दरको सेवनले पर्याप्त उर्जा प्राप्त हुन्छ ।

नियमित एक गिलास चुकन्दरको पिउँदा थुप्रै फाइदा मिल्छ । पुरुषहरूको यौनेच्छा बढाउनमा यो भियाग्राजत्तिकै प्रभावकारी मानिन्छ । यसमा पर्याप्त मात्रामा नाइटि्रक एसिड पाइने भएकाले लिङ्ग उत्तेजित नहुने समस्या हटाउन सहयोगी हुन्छ । यसले यौनशक्ति पनि बढाउँछ । चुकन्दरमा पाइने नाइट्रेट तथा फाइबर इरेक्टाइल डिसफंक्सनको सिकार भएका पुरुषका लागि वरदान मानिन्छ । चुकन्दरको रसले रक्तनलीहरूलाई लचिलो बनाउँछ । यसले खासगरी लिङ्ग वरिपरिका नसामा प्रभाव पार्छ र रगतको बहाव वृद्धि गराउँछ । फलस्वरूप लिङ्गमा पर्याप्त कडापन आउँछ । यसले पुरुषको मात्र नभएर महिला यौनअंगको कार्यविधिमा समेत सुधार ल्याउँछ । यसबाहेक चुकन्दरमा बोरोन नामक तत्व पाइन्छ जुन सेक्स हार्मोन निर्माणका लागि सहयोगी हुन्छ । यसरी चुकन्दर सुन्दर यौन जीवनका लागि लाभदायक मानिन्छ ।

लिङ्ग उत्थानका कारण पुरुषहरूको क्षमता पनि प्रभावित हुन्छ । यसको प्रभाव यौन जीवनमा स्पष्ट देखिन्छ । लिङ्ग उत्थान नहुनुलाई कमजोरी वा शक्तिको कमी मात्र भन्न मिल्दैन । कमजोरी मानसिक वा मनसँग सम्बन्धित अन्य कुराका कारणसमेत सिर्जना भएको हुनसक्छ तर त्यतातिर ध्यान दिँदैनन् र लिङ्ग उत्तेजित नहुनेबित्तिकै हीनभावनाले ग्रसित हुन थाल्छन् पुरुषहरू । चुकन्दरको रस पिउनाले रक्तवाहिनी नली फैलिएर रक्तप्रवाह बढ्छ र लिङ्ग उत्तेजित नहुने समस्या हट्छ ।

मधुमेहका बिरामीहरूलाई पर्याप्त यौनक्रिया गर्न नसक्दा तथा लिङ्ग उत्तेजित नहुँदा कतिपय अवस्थामा लाजमर्दो स्थितिको सामना गर्नुपर्ने हुन्छ । चुकन्दरको रसले यस्तो समस्या सिर्जना हुन दिँदैन । यसमा पर्याप्त मात्रामा सटेलिन तथा न्यु बीटानिन पाइन्छ जसले ग्लुकोजको स्तर कम गर्न, इन्सुलन सेन्सिटिभिटी बढाउन तथा मस्तिष्कमा रक्त प्रवाह वृद्धि गर्न मद्दत गर्छ । यसले पिसाब उत्पादनका लागि मिर्गौलामा पर्याप्त रक्तप्रवाह गराउँछ ।

चुकन्दरले यौनेच्छा बढाउँछ । चुकन्दरको रस पिउँदा कोशिकाहरूमा असर पर्छ, शक्ति प्राप्त हुन्छ र यौनेच्छा जागृत हुन्छ । यसका साथै चुकन्दरले हेमोग्लोबिन बढाएर एनिमिया हुन दिँदैन । विशेष गरी एनिमिया पीडित महिलाहरूको ऊर्जाको स्तर कम हुन्छ र उनीहरूले यौन कार्यमा उत्साहपूर्वक भाग लिन सक्दैनन् । नियमित एक गिलास चुकन्दरको रस पिएपछि यस्तो समस्या हट्छ किनभने हेमोग्लोबिनले शरीरका विभिन्न भागमा रगतको आफूर्ति बढाउन मद्दत गर्छ । जसबाट शरीरमा फुर्ती बढेको सहजै महसुस गर्न सकिन्छ ।

चुकन्दरको सेवनले निद्राको गुणस्तरमा सुधार ल्याउँछ । यसले रक्त प्रवाहमा वृद्धि गराउँछ, रक्तचाप कम गर्छ र एनजाइनालाई आराम दिन्छ । यसले प्लेटलेट जम्मा भएर रगतको थक्का बन्न रोक्छ । ग्यास्टि्रकको गतिशीलतामा मद्दत पुर्‍याउँछ र निद्राको गुणस्तरमा सुधार ल्याउँछ ।

चुकन्दरको गाढा रातो रंग के हो ?

हेर्दै रहरलाग्दो गाढा रातो हुन्छ चुकन्दर । यो रातो रंग फलाम तत्वको प्रचुरताको कारण हुन्छ भन्ने आम बुझाइ छ । यद्यपि यो कुरा आंशिक सत्य हो । चुकन्दरमा आइरन पाइन्छ तर कम, चुकन्दरको गाढा रातो रंग यसमा पाइने एक रंगकण अर्थात बीटा सायनिनको कारण हुन्छ । चुकन्दरमा पाइने फोलिक एसिड, पोटासियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुणलाई बढाउँछ ।

एन्टी अक्सिडेन्ट गुणको कारण यो रंगकण स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुण बढाउँछ । चुकन्दरको नियमित सेवनले शरीर निरोगी बनाउँछ ।यसले हेमोग्लोबिन बढाउँछ, फलस्वरूप अनुहारको चमक बढ्छ । त्यसैले यो सौन्दर्यको खजाना हो भने पनि फरक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।