0 COMMENTS

काठमाडौं०६जेठ०७५/ इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले मुम्बई इण्डियन्स विरुद्दको खेलको आफ्नो दोस्रो ओभरमा ह्याट्रिक विकेट लिएका छन् ।

दिल्ली डेयरडेभिल्सले बलिङ सुरु गर्दा खेलको पहिलो ओभरमा नै बलिङ गर्ने मौका पाएका सन्दीपले सुरुवाती दुई बलमा चौका र छक्का खाएका चौथो बल सुर्यकुमार यादवको विकेट लिएका थिए् । निकै आक्रामक शुरुवात गरेका सुर्यकुमारले सन्दिपका ३ बलमा १२ रन लिएका थिए ।

चौथो बलमा पनि ठुलो सट हान्ने प्रयास गर्दा यादव विजयशंकरको हातबाट क्याच आउट भए । सन्दीपले दिल्ली डेयरडेभिल्सको तर्फबाट पुनः १० औं ओभरमा बलिङको जिम्मा पाउँदा पहिलो र चौथो बलमा दुई विकेट लिएर ह्याट्रिक पूरा गरेका थिए ।

उनले पहिलो बलमा किरण पोलार्डको विकेट लिदा चौथो बलमा कुनाल पाण्डेलाई पेभेलियन फर्काएका थिए । मुम्बई इण्डियन्स र डिल्ली डेयरडेभिल्सको जारी खेलमा अहिले सन्दीप नै चर्चाको केन्द्र विन्दूमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।