0 COMMENTS

द नेक्स्ट एजुकेसन प्रालीको आयोजनामा धरानमा हुन लागेको शैक्षिक मेलाको सेरोफेरोमा रहेर समाजकाे अावाज डट कमका मिलन चाम्लिङले द नेक्स्ट एजुकेसन प्राली धरान शाखाको निर्देशक प्रकाश लकान्द्रीसंग गरेकाे कुराकानी ।
प्रश्न- द नेक्सट कस्तो संस्था हो यस्ले के गर्छ ?
यो एउटा शिक्षाको संस्था हो ।यस्को मुख्य कार्यलय काठमाडौमा रहेको छ र यस्को शाखाहरु पोखरा,चितवन,बुटवल र धरानमा छ।

प्रश्न-अस्ट्रेलियन एजुकेसन फेयर किन गर्नु लाग्नु भएको हो ?
यो बिशेष त एउटा विशुद्ध शैक्षिक मेला हो जुन धरानमा जेष्ठ ५ गते गोर्खा डिपार्टमेन्टमा हुन गइरहेको छ।र यो गर्नुको मुख्य उदेश्य भनेको अहिले जति पनि विद्यार्थी भाइबहिनीहरु पढ्नका लागि बिदेश जानेक्रममा सबैभन्दा बढी अष्ट्रेलिया गएको छ र राम्रो पनि छ किन गयो त भनेर भन्ने कुराहरू पनि छ कोहि जानेर गएको छ त कोहि नजानि गएको छन।हामीले शैक्षिक मेला लगाइसके पछी अष्ट्रेलियन कलेजहरु बारेमा अष्ट्रेलियन कलेजहरुको नीतिनियम रहनसहन हावापानीबारेमा प्रत्यक्ष त्यहाँको कलेजका प्रतिनिधिहरुले जानकारी गराउने हुँदा विद्यार्थी अभिभावक तथा इच्छुक ब्याक्तीहरुले बुझ्न अवसर पाउन सक्छ।

प्रश्न-शैक्षिक मेला किन त अरुबाट पनि त बुझ्ने सकिन्छ गरिएको छ मुख्य तय भन्ने कौतहलता विद्यार्थीमा होला
मुख्य तय विद्यार्थीहरुले यहाँ आइसकेपछि आफुलाई लागेको कुरा आफ्नो योग्यता,आर्थिकको आधारमा कुन कलेज जान सक्छ सक्दैन भन्ने कुरा यहाँ निर्णय हुनसक्छ ।राम्रो नतिजा ल्याएको विद्यार्थी र राम्रो योग्यता भएको विद्यार्थीलाई छात्रवृत्तिको पनि ब्याबस्था रहेको छ।त्यो हिसाबले पनि हामीले शैक्षिक मेला लगाएको हौ ।र धरानमा एउटा संस्कार बसाउनको लागि पनि काठमाडौमा बढी भन्दा बढी आयोजना हुने अन्य देशमा त भैगो पुर्बमा भर्खरै एक दुई पटकमात्र शैक्षिक मेला लागेको छ त्यो हिसाबले पनि हामीले शैक्षिक मेला लगाएको हौ।

प्रश्न-यसबाट कति विद्यार्थीले लाभ लिने आशा गर्नु भएको छ?
कम्तीमा धरान भरिबाट पाँच सय जनाले तर सुनसरी जिल्ला भरिबाट आउने भएको छ।

प्रश्न:शैक्षिक मेलामा सहभागी हुनको लागि के आबेदनहरु भर्नु पर्छ ?
अहिले अन्लाईन आवेदन विद्यार्थीहरुले भरिरहनु भएको छ।र त्यही दिन पनि आवेदन भर्न सक्छ।शैक्षिक मेलामा सहभागी सबै विद्यार्थीलाई एउटा सुबिधा दिएको छौ जुब्लेस कार्ड त्यो कार्ड भएको विद्यार्थीले आइल्टी पढ्न इच्छुक विद्यार्थीले निशुल्क पढ्न पाउने छ र अष्ट्रेलिया पढ्न जानको लागि निशुल्क प्रोसेसिङ गर्दिने प्रोसेसिङ गर्ने विद्यार्थीहरु मध्ये लक्की ड्रबाट १० जनालाई निशुल्क ड्राभिङ कक्षा लिने अवसर प्रदान गर्नेछौ।

प्रश्न-तपाईको कन्सलटेन्सीबाट हालसम्म कति विद्यार्थीले फाइदा लिएको छन?
स्थापना भएको हालसम्म १३ बर्ष भयो ।पुर्बको धरानमा पहिलो पल्ट ल्याएको छौ।यो नेपालको उत्कृष्ट कन्सलटेन्सीमा पर्छ यहाँबाट हजारौं विद्यार्थी पठाएको छ।हाम्रो मेला लगाउन अर्को उदेश्य चाहिँ कति बिद्यार्थी एजुकेसन कन्सलटेन्सीबाट जानेर गएको छ कति नजानेर गएको कारण पैसा डुबाएर फर्केका छन फर्किनु परेका छ।तर द नेक्सटबाट गएको विद्यार्थीहरु राम्रो युनिवर्सिटी ग्राजुजेसन गरेर कति नेपालमा नै आएर ठुलठुला ब्यापार गरिरहेका छन ।अष्ट्रेलियामा पनि राम्रो गरिरहेका छन नेपाली विद्यार्थीहरु अष्ट्रेलिया जानुको अर्को कारण अष्ट्रेलियाको हावापानी खानपिन नेपालीसंघ मिल्ने भएको हुदा बढी भन्दा बढी जाने गरेको छ।

प्रश्न-नेपालमा शिक्षा महंगो छ किन यति महँगो भएको होला?
यो शिक्षाको बिषयमा नेपाली विद्यार्थी भाइबहिनीहरु चाहि बिश्वको तेस्रो ठुलो राष्ट्र बाहिरि देशबाट आउने देश भएको अष्ट्रेलिया,राम्रो तरिकाले त्यहाँको युनिभर्सिटी संचालन भएको कारण उनीहरुकोले आफ्नै तरिकाले शुल्क निर्धारण गरेको छ र त्यही अनुसार तिरेर जानुपर्ने हुन्छ त्यस कारण महंगो भएको हो।

प्रश्न-जान मन भएको तर आर्थिक नभएको विद्यार्थीहरुको लागि चाहिँ के गर्नु भएको छ ?
जान सक्ने आर्थिक अबस्था हुँदै नभएको विद्यार्थीहरु जो पढाइमा राम्रो छ ।उनीहरुको लागि नेपाल सरकारले राजदूतावासबाट १/२ वटा छात्रवृत्ति छुट्याइएको छ त्यो संभब छैन त्यसको लागि नेपाल सरकारले अलिक सोच्नु पर्ने हुन्छ।

प्रश्न-यो एजुकेसन फेयरले धरानलाई कुनै बिशेश लाभ हुने देख्नु हुन्छ ?
यहाँको सामाजिक व्याक्तित्व बुद्धिजीवीहरुले यताकता धरानलाई शैक्षिक हब बनाउन पर्छ भन्दै गर्दा खेरी धरानबाट धेरै भन्दा धेरै विद्यार्थीहरु काठमाडौ गएर बाहिर पढ्नको लागि एप्लाइ गरेको भेटियो एउटा राम्रो एजुकेसन कन्सलटेन्सी धरानमा नहुदा खेरी हामीले धरानलाई शैक्षिक हब भन्दै गर्दा केही नपुगेको होकि जस्तो लागिरहेको थियो अब यो द एजुकेसन नेक्स्ट आइसके पछि पूरा भयो भन्ने लागेको छ।

प्रश्न- अन्त्यमा शैक्षिक मेलामा उपस्थित हुने विद्यार्थीहरुलाई के भन्नू चाहानुहुन्छ?
सम्पुर्ण धरान र धरान भन्दा बाहिर रहनु भएको विद्यार्थी भाइबहिनीहरु द नेक्सट एजुकेसन प्राली नेपालमा रहेकोे उत्कृष्ट कन्सलटेन्सी हो जस्ले अष्ट्रेलिया जाने विद्यार्थीहरुको लागि काम गरिरहेको छन ।मेलामा आएर आजै गैहाल्नु पर्छ प्रोसेसिङ सुरु गरिहाल्नु पर्छ भन्ने होइन प्रक्रिया बुझ्ने हो।सम्पुर्ण विद्यार्थी अभिभावक इच्छुक शुभचिन्तक यहि जेठ ५ गते हुन लागेको शैक्षिक मेला सहभागी हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।