0 COMMENTS

 बिहान ५ बजे उठ्याे हातमुख धाेयाे चियापान त्यसपछि भैंसी दुहेर दूध संकलन गर्याे भैंसिलाई दाना पानी अनि गाेठकाे जिम्मा अाफ्नि साँहिलि भाइ बुहारीलाई दिएर अाफु हिराे हाेण्डा माेटरसाईकलकाे अगाडि दायाँबायाँ दुईवटा ठुला कान्टिन पछाडि प्लास्टिककाे झाेलामा पाेका पारिएको दूध बिहानै सबेरै बेसिशहरमा ।

त्रिबेणि कृषि फममा पालीएका भैंसीको शुद्ध दूध घरबाटै खाेसाखाेस भएन उदिपुरमा पनि त्यस्तै माग बल्लतल्ल बेसिशहर अाईपुग्छ । बेसिशहरमा पनि शुद्ध दूध पाएपछि सबैले उहाँलाईनै दूध ल्याईदिन भन्छन् । घरबाट दूध बेच्दै बेसिशहरमा बेसिशहरबाट पैसा झाेलामा राखेर घरतिर याे दैनिकि हाे लमजुङको बेसिशहर नगरपालिका – ११ रामचाेक बेशि त्रिबेणिका अमरजंग गुरुङकाे ।

मिठो बाेलि ,नरम स्वभाव ,सहयोगी भावना,पसिना बगाएर मात्रै खानुपर्छ भन्ने मान्यता राख्ने ,सामाजिक काममा पनि उत्तिकै खट्ने समाजसेवी अमरजंग गुरुङले त्रिबेणि कृषि फम खाेल्नुभएकाे भर्खरै मात्रै हाे । गाउँका सम्पूर्ण युवाहरु स्वदेशमा राेजगारि नभएको र गरिखाने वातावरण पनि नभएको भन्दै बिदेश गएको र गाउँ युवा बिहिन जस्तै बनेको छ । गाउँबाट काेहि बेसिशहर , काठमाडौ ,पाेखरा,चितवन जस्ता ठाउँमा राेजगारि ,ब्यापार , पढाइकाे सिलसिलामा बा बसाइँसराइ समेत गरेर गएपछि गाउँमा जिउदाका जन्ति मर्दाका मलामि समेत पाउन कठिन रहेको अवस्थामा गुरुङले भने अाफ्नै गाउँमा उदाहरणीय काम गरेर देखाउने लक्ष्य लिनुभएकाे छ । गाउँ बाट युवा पलायन हुने र बाँकी रहेकाहरु पनि दिनभर तास खेल्ने ,मदिरा सेवन गरेर बस्ने र अर्थहीन गफ छाँटेर दिन काट्नेहरु लाई गुरुङकाे याे ब्याबशायले दराे जवाफ दिएको छ उहाँ भन्नुहुन्छ सम्भाबनै सम्भावना अवसरनै अवसर र राेजगारिनै राेजगारि छ गाउँमा । उहाँलाई त्यत्तिकाे दिन रात नभनि खट्नै पर्ने अावस्यकता भने छैन परिवारकाे अार्थिक अवस्था राम्रै छ उहाँको पाेखरामा पनि घर छ ।

हामीले उहाँलाई किन यत्तिको दुख गर्नुहुन्छ भनेर साेध्दा उत्तर भने फरक रहेछ उहाँ भन्नुहुन्छ मैले याे मेहनत सम्पत्ति कमाउन र बिलासि जिवनशैलि बिताउनकाे लागि गरेको हाेईन न सम्पत्ति कमाएर समाजमा रवाफ देखाउनकाे लागि हाे । मैले याे गरेको बिदेश जानेहरुलाई स्वदेशमै काम गर्न ,अवसर छैन भन्नेहरुलाई अवसर देखाउन , गाउँबाट जनसंख्या पलायन राेक्न,सबैलाई पसिना बगाएर खाने अवस्थाकाे सन्देश दिन र सिङ्गै गाउँ लाई एउटा नमुना गाउँ बनाउने मेरो उद्देश चाहना र लक्ष्य छ त्यसकै लागि भन्नुहुन्छ । बेरोजगारी युवाहरुले समाजमा बिकृति बिसंगति बढ्ने हुनाले त्यसलाई राेक्न अाफुले एउटा स्वराेजगार अभियानकाे थालनि गरेको बताउनुहुन्छ ।

अाफुले फम सुरु गर्दा केही हताेत्साहित बनाउने खालकाे कुरा सुनिएपनि ऐले भने सिङ्गै गाउँलेले अाफुलाई हाैसला प्रधान गरेको बताउनुहुन्छ । बैदेशिक राेजगारिकाे सिलसिलामा बहराइनमा राम्रो कमाई गरिरहेका अाफ्नाे साँईलाे भाईलाइ पनि नेपाल गाउँमानै फर्काउने तयारी छ उहाँको । त्रिबेणि कृषि फमलाई अझै ठुलो र ब्यबस्थित बनाउने र तरकारी उत्पादन पनि गर्ने , एउटा गाडिकाे ब्यावस्था गरि रामचाेकबेशि बाट दूध र तरकारी गाडिमा राखेर जिल्लाका विभिन्न ठाउँमा बिक्री बितरण गर्ने र जिल्ला लाई दूध र तरकारीमा अात्मनिर्भर बनाउने अभियान अाफुले पनि एउटा ईटा थप्ने उहाँको भनाइ छ ।

उहाँको याे काममा जिल्ला भेटिनरिले पनि चासाे देखाएको र भकाराे सुधार कार्यक्रम अन्तरगत रु ७५ हजार सहयोग गर्ने वचन दिएको छ । करिब ५० लाखकाे लगानी गर्ने गरि सुरुभएकाे त्रिबेणि कृषि फममा ऐले ९ वटा भैंसी छन् ल्याउने क्रम जारि छ २० वटा सम्म भैंसी ल्याउने तयारी छ । ऐले दिनमा ५० लिटर दूध बिक्री गरिरहनुभएकाे । पहिलो महिनामानै दूध बिक्रिबाट खर्च कटाएर लगभग ७० बचत भएको छ उहाँको उहाँकाे मेहनत र लगनशीलता लाई ९० बुबा काे पनि सहयोग रहेको छ । अाफुमात्रै हाईन सिङ्गै गाउँ लाई बिकसित बनाउने याेजना छ उहाँको । अाफ्नाे याेजनामा सबैले साथदिए गाउँकाे रुपरेखा नै फेरिदिने बताउनुहुन्छ उहाँ ।

युवाहरुलाई स्वराेजगार बन्न ,उत्पादन कार्यमा लगानी गर्न ,युवाहरुलाई बिदेश पलायन राेक्न ,मुलुक अात्मनिर्भर बनाउने अभियानमा लगानी गर्ने भनेर खाेलिएका केही बैंक तथा बित्तीय संस्थाहरुमा अाफुले ऋण नपाएको गुनासो छ । बैंकमा चिनेजानेकाे नभए ऋण नपाउने नियम उहालाई राम्रो लागेन । एउटा ईमानदार ब्यक्तिले गाउँमा केही गरेर देखाउछु भन्दा ऋण नदिने किन ?? ऋणको ५ गुना बढि धितो राख्दा पनि समेत ऋण नपाएको गुनासो छ । अाफ्नाे याे अभियानमा साथ दिएकोमा जीवन साहारा साकाेस र सिद्धार्थ बैंक बेसिशहर साखालाई हार्दिक धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।