0 COMMENTS

मिलन चाम्लिङ,धरान,०९बैशाख०७५/ बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा भएको आर्थिक हिनामिना,खस्किदो सेवा,लुटाहा प्रबृत्ति खुलेआम ठेक्का पट्टा,खस्किदै गएको शैक्षिक गुणस्तर,DM/MCH बन्द भएको,मात्री तथा शिशुकेन्द्र MCH निर्माण बन्द रहेकोले एक्सन धरानले त्यसको विरुद्धमा धरान भानुचोक स्थित हस्ताक्षर संकलन गरेको छ।

यश विषयमा एक्सन धरानको संयोजक सचित शर्मा भन्नुहुन्छ हस्ताक्षर संकलनको मुल उदेश्य धरानमा रहेको बिपि स्वास्थ्य बिज्ञान प्रतिस्ठानले हामी सर्बसाधरणको स्वास्थ्य समन्धी सरोकार राख्ने भएकोले यो प्रतिस्ठान दिनदिनै धरासायी बन्दै गएको सेवाको स्तर खस्कदै गएको प्रतिस्ठानको बिजोग हेरेर बस्न लाचर छौ।समन्धित निकाय आआफ्नो काम गर्दै होला,प्रतिस्ठान भित्रको कर्मचारी पनि आफुले भ्याएसम्म काम गरेको नै छन र हामीले राम्रो कामको प्रशंसा गर्दै आएको छौ।तर त्यस भित्रको बिकृतीले गर्दा धरानमा रहेको घर घरमा गुनासोको बिषय बनेको बिपि बिग्री सक्यो भनेर उपचार गर्न संकोच मान्न थालेको छ यस्को उदेश्य दक्षिण एसियाकै नमुना हस्पिटल
बनाउने त्यो हुन सकिरहेको छैन

त्यो भएको हुदा हामीले खबरदारी मात्र गरेको हो।प्रतिष्ठान भित्र भएको भ्रष्टाचार विवाद,भित्रको हेलचेक्र्याइ मात्र होइन प्रतिष्ठान जनताको सेवासंग जोडिएका सस्था भएको हुनाले उहाँहरु आफ्नो मुल कर्तव्य लागि परोस।

जनताले पाएको सेवाको गुणस्तर होस,सेवा सुबिधा नखस्काई यस्को गुणस्तर अझ राम्रो बनाउन जे जे गर्न सकिन्छ गरौ।अहिले बि पि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कुरा प्राय गरि हरेक चिया दोकानमा गफको बिषय बनेको छ अब बिपि स्वास्थ्य बिज्ञान प्रतिस्ठान बिग्री सक्यो भनेर । हामीले कसैको ब्यातिगत हिसाबमा हस्ताक्षर संकलन गरेको होईन।प्रतिष्ठानको पक्षमा र आम नागरिकको पक्षमा हस्ताक्षर संकलन गरेको बताउनु हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।