0 COMMENTS

मिलन चाम्लिङ,०७बैशाख०७५/ यातायात व्यवस्थापन कार्यविधी निर्देशिका २०६० लाई सरकारले संशोधन गरी कार्यान्वयनमा ल्याउने भए पछि यातायात व्यवसायीहरुले असहमती जनाउदै आन्दोलनको घोषणा गरेका छन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिले प्रदेश नं १ ले धरान स्थित पूर्वाञ्चल यातायात व्यवसायी संघको सभाहलमा पत्रकार सम्मेलनकाे अायाेजन गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यातायात व्यवसायीको संघ–संस्थालाई जिल्ला प्रशाशन कार्यलयमा नवीकरण नगर्ने र दर्ता रोक्ने निर्णय गरेको थियो । सरकारले यातायात व्यवसायीहरुको संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता रोक्ने निर्णय गरेपछि विरोधमा उत्रने भएका हुन् ।

यातायात व्यवसायीहरुको छाता संगठनहरु नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएसनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

जस अन्तर्गत वैशाख ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, ८ गते सम्पूर्ण सार्वजनिक सवारी साधानमा कालो झण्डा राख्ने, ९ गते यातायात संग सम्बन्धित नेताहरुलाई ज्ञापन पत्र बुझाउने, १० र ११ गते प्रदेशमा कोण सभा गर्ने, १३ र १४ गते समय तालिका विना सवारी चलाउने, लगायत २१ गते सर्व सार्वजनिक सवारी साधन ग्यारेज तथा घरमा थन्क्याउनेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।