0 COMMENTS

काठमाडौं०७बैशाख०७५/ मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ ।

बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।

२०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समूहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घट्नामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङ्गेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मनाङ्गेलाई बिहीबार साँझ काठमाडौंका स्वयंभुबाट नियन्त्रणमा लिएर शुक्रवार अदालतमा उपस्थित गराएको थियो ।

यसअघी जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम दुई बर्ष कैद भुक्तान गरिसकेका मानाङ्गे अब तीन बर्ष जेल बस्नेछन् ।

जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङ्गे समुह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्धा दायर गरेको थियो ।

पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।
२०६१ सालमा चक्रे मिलनको हात काटेको घट्नामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई गत माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको थियो ।

सरकारी पक्षले २०७० जेठमा फेरी पुनरावदेन अदालत पाटनको फैसलामामाथि पुनरावलोकन माग गर्दै मनाङ्गे बाहेक अन्य चारजनालई पनी कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

सोही मुद्धाको फैसलाका क्रममा गत माघ २ गते चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीस दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङ्गेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।