0 COMMENTS

बासुदेव सेढाइ१५,चैत०७४/नेपाल पत्रकार माहासंघकाे ६३ अाैं स्थापना दिवसको सुखद उपलक्ष्यमा सम्पूर्ण संचारक्षेत्रमा रहेर अावाजबिहिनहरुकाे अावाज बुलन्द गर्ने संचारकर्मि प्रति उच्च सम्मान गर्नैपर्छ ।

मुलुककाे शान्ति , सुसासन , सुरक्षा र बिकासमा पत्रकारहरुकाे महत्त्वपूर्ण भुमिका रहन्छ । राज्यको चाैथाे अंगकाे रुपमा रहेको पत्रकारिता राज्यको अरु अंग जस्तै सम्मानित हुनुपर्छ । एकजना ब्यक्तिले गरेको उदाहरणीय र सकारात्मक काम हजारौं ब्यक्तिहरु समक्ष पुर्‍याउने काम संचारकाे हाे जसले समाजमा अरु ब्यक्तिहरुलाई राम्रो काम गर्न प्रेरणा प्रधान गर्दछ । भ्रष्टाचार ,तस्करी ,लुट ,ठगि ,सामाजिक भेदभाव ,अन्याय अत्याचार ,बलात्कार लगायतका सामाजिक बिकृति बिसंगति बिरुद्ध ससक्त ढंगले प्रतिकार गरेर सब्य समाज निर्माणमा गर्ने अभियानमा पत्रकारकाे भुमिका उल्लेखनीय छ ।

सेवा सुभिदा नभयपनि र असुरक्षाकाे बाबजुद पनि पत्रकारहरुले समाजमा खेलेको सकारात्मक भुमिकाकाे जति प्रशंसा गरेपनि कमि हुन्छ । एकजना पत्रकारले स्वतन्त्र , निश्पक्ष ढंगले देश र नागरिकको हितमा कलम चलाउन त्यति सहज छैन। देशकाे राष्ट्रिय एकता , सार्बभौमसत्ता , भाैगाेलिक अखण्डता ,स्वाधीनता , स्वाभिमानकाे संरक्षक हाे पत्रकारिता साथै देशकाे ब्यबस्था परिवर्तनमा पनि ठुलो भुमिका छ । समाजकाे ऐनाकाे रुपमा रहेर काम गरिरहेकाे पत्रकारिता राज्यको नजरमा भने सधै उपेक्षित बनेको छ । पत्रकारहरुका समस्याहरुमा सरकार गम्भीर बन्नुपर्ने तर त्यस्तो छैन । श्रमजीवी पत्रकारहरुकाे हकहितका निम्ति भनेर राज्यले कुनै ठाेस निति तथा कार्यक्रम ल्याउन सकेको छैन । अरुका पिडाहरु उजागर गर्ने पत्रकार अाफुहरु भने पिडित बनेका छन् । अन्य कर्मचारीहरु लाई तलब भत्ता पेन्सन लगायतका सेवा सुभिदा हुदा पत्रकार पनि राज्यकै अंग हुन् भन्ने कुरा सरकारले संझेकाे छैन । समाचार लेखिएको भरमा कतिपय पत्रकार असुरक्षित हुन्छन् तर सरकार सुरक्षा दिने कुरामा चासो दिदैन ।

संचारगृहमा काम गर्ने कतिपय पत्रकारहरु पारिश्रमिकनै नपाएको गुनासो गर्दछन् । मरिमेटि काम गर्दा पनि उचित सेवा सुभिदा नपाउनु पिडाकाे बिषय हाे । पत्रकारिता पेशा सम्मानित प्रतिष्ठाकाे पेसा र मर्यादित पेसा हाे तर यसलाई ब्याबस्थित बनाउन अावस्यक छ । राज्यले अन्य कर्मचारी लाई सरहनै संचारकर्मिलाई पनि सेवा सुभिदा दिनुपर्दछ । संचार जगत पनि दलिय अाधारमा बिभाजित हुन हुदैन अार्थिक प्रलोभनमा परेर अाफ्नाे पेशाकाे दुरुपयोग गर्नु हुदैन ।

राज्यले पत्रकारहरुकाे उचित सम्मान गराेस् र पत्रकारहरुले पनि अाफ्नाे मर्यादामा रहेर कलम चलाउन सक्ने बाताबरण बनाेस् सिङ्गो पत्रकारिता जगत सम्मानित हाेस् पत्रकारिताकाे धर्म निर्बाह गर्दै सम्बृद्ध मुलुक निर्माणकाे अभियानमा जुट्न सफलता मिलाेस् ।” पत्रकारितामा निस्वार्थ र सेवाको भावना हुनुपर्छ “

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।