0 COMMENTS

काठमाडौं६चैत०७४/एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
नेपाली टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजुले २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

टोलीमा विमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ अटाएका छन् । त्यसैगरि सुनिल बल, अन्जन विष्ट, सुमन लामा, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी समेत छन् ।

प्रशिक्षणमा रहेका कमल श्रेष्ठ, रविन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेतले स्थान बनाउन नसकेपनि टोलीमा अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेले भने स्थान बनाएका छन् । समूह ’एफ’ मा रहेको नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको छ । त्यसैले यमन विरुद्धको खेल औपचारिकतामै सीमित हुनेछ ।

समूहका सुरुवाती ५ मध्ये ३ खेल हारेको नेपालले २ खेल बराबरी खेलेको थियो । नेपालले चैत १३ गते प्रतिष्ठाका लागि मात्रै यमनसँग खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।